कोकिला ढकाल
इलाम, वैशाख २ गते । गएको फागुन १३ गते राति आगोलागीबाट ध्वस्त भएको इलामको जस्बिरे चिया कारखानाले पुनः तयारी चिया उत्पादन सुुरु गरेको छ । साना मेसिन र साना ट्रफहरू राखेर पहिलो टिपाइ (फस्ट फ्लस) को चिया उत्पादन सुुरु गरेको सञ्चालक शरद सुुब्बाले बताउनुुभयो । “पहिलो टिपाइको चिया कम नै उत्पादन हुुन्छ । यस पटक वर्षा कम भएका कारण पनि चिया उत्पादन कम हुने निश्चित छ । हरियो पत्ती पनि कम हुुने हुँदा साना मेसिनहरू राखेर सुुरु गरेका छौँ,” सुुब्बाले भन्नुुभयो, “बन्दै गरेको कारखानामा पनि चाँडै तयार हुुने लक्ष्य छ । अब वार्षिक ८० देखि ९० हजार किलो क्षमताको कारखानामा जाने छौँ । यो पहिलाको भन्दा ठुलो हो ।”
‘नेपाल टी च्यालेन्ज २०२४’ मा नेपालकै ‘वेस्ट टी मेकर’ घोषित हुनुुभएका इलामका शरद सुुब्बाको सपना थियो, गुणस्तरमा विश्वकै उत्कृष्ट चिया बनाउने र विदेश निर्यात गर्ने । गएको फागुन १३ गते राति इलामको जस्बिरे चिया कारखानामा लागेको आगोले शरदको सपना सबै खरानी बनाइदियो । करिब नौ करोड रुपियाँको क्षति भयो । निभाउने प्रयास गर्दा आगोको लप्काले शरीरमा भेट्दा शरद बेहोस भएर ढल्नुुभयो । जलन उपचारका लागि काठमाडौँसम्म जानुुप¥यो ।
उपचारपछि घर फर्कंदा शरदले कल्पना नै नगरेको दृश्य देख्न पाए । आगोले ध्वस्त भएको चिया कारखानामा अर्को नयाँ कारखाना निर्माण सुुरु भइसकेको थियो । घरपरिवार, छरछिमेक, आफन्तसहित अन्य धेरै शुुभचिन्तकले नयाँ कारखाना निर्माणका लागि अहिले पनि निःशुल्क काम गरिरहनुुभएको छ ।
चियाको पहिलो टिपाइ सुुरु हुुँदै गर्दा सबै मिलेर शरदका लागि सानो कारखाना तयार भइसकेको छ । “पहिलो टिपाइको चिया धेरै हुुँदैन, पहिलो टिपाइको चियालाई नोक्सान हुन नदिन सानो रोलिङ मेसिन र छ वटा ट्रफ तयार भइसकेको छ,” शरदका दाजु ग्रीष्म सुुब्बाले भन्नुुभयो “आउँदो जेठसम्ममा ठुला मेसिन जडान गरेर सञ्चालनमा ल्याउने तयारी छ ।”
कारखाना निर्माणको दृश्य देखेर त्यहाँ पुुग्ने जोकोहीलाई केही काम नगरी फर्कने मनै हुँदैन । अरूले काम गरेको देखेर पनि रहर जाग्ने गरेको छ । सुुब्बाले भन्नुुभयो, “हामीले यस्तो सोचेकै थिएनौँ, यहाँ रड, सिमेन्ट, टायल, फलाम, मेसिनदेखि खाजा सामग्री र खाजा बनाउने कामसमेत आउनेले सघाइदिनुुभएको छ । नेपाली सेनादेखि त्यहाँ पुुग्ने हरेक सर्वसाधारणले पनि कारखाना निर्माणमा सहयोग गरिरहेका छन् ।
कारखाना करिब अन्तिम चरणमा पुुगेको र अब विद्युत् जडानसहित विभिन्न प्राविधिक काम मात्र बाँकी छ । कारखानाको गरिएको बिमा रकम भने आइनसकेको सुुब्बाले जानकारी दिनुुभयो ।
कारखानामा आगलागी हुँदा आठ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । आगलागीबाट चार करोड रुपियाँ बराबरको तयारी चिया र चार करोड मूल्य बराबरको मेसिन तथा अन्य भौतिक संरचनामा क्षति भएको थियो । नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरदले करिब १० वर्षयता फरक बास्ना र फरक स्वादका गुुणस्तरीय तयारी चिया उत्पादन गर्दै आउनुुभएको थियो ।
ह्वाइट टी, ओलाङ, ग्रिन, गोल्डन, गोल्डेन पल, गोल्डेन रिङलगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले नेदरल्यान्ड, अमेरिका, डेनमार्क, फ्रान्स, चीनलगायत तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको छ । सुनकेसरी, कोठी डाँडा, रेडपान्डालगायतका नाम दिएर यहाँको चिया विदेश निर्यात हुने गरेको छ ।