पाँचथरमा सवारी दुर्घटना, नाै जना घाइते
पाँचथर जिल्लाका तीन फरक स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जना घाइते भएका छन् । सबै घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
बिजुलीको तार गाडीमा खस्दा आगलागी : घाइते दुई जनालाई काठमाडौँ पठाइयो
लत्रिएको बिजुलीको तार गुडिरहेको बोलेरो गाडीमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
कञ्चनजङ्घा हीरक महोत्सव सम्पन्न
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घामा मानव पाइला पुगेको ७० वर्ष पुगेको अवसरमा आयोजित तीनदिने कञ्चनजङ्घा हीरक महोत्सव सकिएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँ
रावाबेँसी गाउँपालिकाका कर्मचारी मृत फेला
राजकुमार भट्टराईखोटाङ, वैशाख ८ गते । खोटाङको रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँको बारीमा मृत भेटिएका हुन् ।बारीको उनी मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभयो । गोरेटो बाटोबाट करिब ८, ९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टा माथि रहेको अवस्थामा मृत भेटिएको वडाध्यक्ष राईले बताउनुभयो । दाइको घरबाट आइतबार राति करिब साढे ८ बजे चिया खाएर हिँडेकोसम्म जानकारी पाइएको उहाँको भनाइ छ । उनी सोमबार बिहान मृत भेटिएका हुन् ।कार्यालय सहयोगी रेग्मी गोरेटो बाटोबाट लडेर मृत्यु भएको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । थप कुरा घटनाको अनुसन्धानबाट खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङबाट घटना स्थलमा पुग्नुभएका प्रहरी निरीक्षक सुशान्त मिश्रले बताउनुभयो ।
बिजुलीको तार गाडीमा खस्दा आगलागी : चार जनाको मृत्यु, दुई घाइते
प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको मृत्यु भएको छ ।
गाउँ पुग्दा खुसी, घर पुग्दा पीडा
विराटनगरकी मीना काफ्ले नयाँ वर्षको अवसर पारेर धनकुटाको करुले पुग्नुभयो ।
बीपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्राडा शर्मा
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्राडा सन्जिवकुमार शर्मालाई जिम्मेवारी दिइएको छ ।
फरार प्रतिवादी एघार वर्षपछि पक्राउ
ताप्लेजुङ प्रहरीले चोरी, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई एघार वर्षपछि पक्राउ गरेको छ। उक्त मुद्दामा ताप्लेजुङ जिल्ला अदालतबाट दोषी ठहरिएका जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–१ सावादिनका ४४ वर्षीय तेजकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो।
तानाशाह पक्षको प्रदर्शन अपराध हो : अध्यक्ष प्रचण्ड
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाहको पक्षमा हुने प्रदर्शन आन्दोलन नभई अपराध रहेको बताउनुभएको छ।
वाइसिएलको फुङ्लिङ नगर कमिटीमा मादेन
योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल फुङ्लिङ नगर समिति अध्यक्षमा भूपाल मादेन चयन हुनुभएको छ। नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठनका रूपमा रहेको वाइसीएल नेपाल फुङ्लिङको तेस्रो अधिवेशनले मादेन अध्यक्ष रहेको ४१ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको हो।
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ ।
टेलिफोनको तार चोरी गर्ने चार जना भारतीय पक्राउ
लीलाराज खड्का बिर्तामोड, वैशाख ७ गते । टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो मेचीनगर नगरपालिका –७ इँटाभट्टास्थित बस स्टेन्डमा शङ्कास्पद रूपमा ४ जना भारतीयलाई फेला पारी उनीहरूले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो । ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधीन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरूले चोरी गरेको खुलेको छ । भारतको पानी ट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरूले लैजान लागेका थिए ।पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल, दार्जिलिङ जिल्ला पानी ट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश , ३२ वर्षीय राहुल अधिकारी, नेपाल भारत सीमास्थित बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबङ्कर दास रहेका छन् । उनीहरूलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । पछिल्लो समय झापा तथा मोरङका विभिन्न स्थानमा रातीको समयमा टेलिफोनको तार चोरी गर्ने घटना बढ्दै गएसँगै प्रहरीले यसबारेमा खोजबिन र गस्ती बढाएको थियो ।
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
धरान–इटहरीबीच चारकोसे जङ्गलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने तीनजना घाइते भएका छन् ।
विद्युत् सेवा पटकपटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले गरेको सर्वेक्षणअनुसार ८६ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइन तथा १० प्रतिशतमा माइक्रो हाइड्रो र सोलार ग्रिडबाट विद्युत् बलेको पाइएको हो ।
आठौँ संस्करणको भोजपुर गोल्डकप वैशाख १४ देखि २० गतेसम्म
भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् ।
चित्रकलामा जमेका सिद्धिकी
घर तथा सार्वजानिक स्थलका भित्ता, पाटीपौवामा हातको कला भरेर समिम सिद्धिकी भित्तेलेखनमा स्थापित हुनुभएको छ । डिजिटल प्रविधिबाट तयार पारिएका लेखन र चित्रकलाको प्रयोग बढेसँगै हातमा कला भएकाहरू पलायन भ
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो भएको दुर्घटनाबाट एक जनाको मृत्यु भएको फक्ताङलुङ गाउँपालिकाको उपाध्यक्ष रविन लिम्बु साम्राले जानकारी दिनुभयो । दुर्घटनामा फक्ताङलुङ गाउँपालिकाको लेलेप इलाडाँडाका २८ वर्षीय भुछिरिङ शेर्पाको मृत्यु भएको हो ।
योगेश भट्टराईलाई गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति
नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेशकुमार भट्टराईलाई गृह जिल्ला ताप्लेजुङको लेलेपमा गरिएको व्यवहारप्रति नेकपा (एमाले) ताप्लेजुङ जिल्ला कमिटीले आपत्ति जनाएको छ। पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका भट्टराईलाई गाली गलौज र अराजक कृयाकलाप गरिएको भन्दै आपत्ति जनाएको हो।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो
राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो चयन हुनुभएको छ। संघको चौथो जिल्ला अधिवेशनले मेन्याङ्बोको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो।
एमालेद्वारा ज्येष्ठ नागरिक सम्मानित
सुनसरीमा नेकपा (एमाले)ले आफ्नो जरा अभियानअन्तर्गत ज्येष्ठ नागरिकलाई सम्मान तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
खाद्य उद्योगलाई ५० हजार जरिवाना
झापामा स्थानीय तहहरुले बजार अनुगमन गर्दै लापरवाही गर्नेहरुलाई कारबाही गर्न सुरु गरेका छन् । यसै क्रममा मेचीनगर नगरपालिकाले वडा नं. ९ स्थित पूजा फुड प्रोडक्सन उद्योगकलाई ५० हजार जरिवाना गराइएको छ ।
गुणस्तरहीन मल प्रयोग गर्न किसान बाध्य
सरकारले टेन्डरमार्फत माग गरेको रासायनिक मल कलकत्ता बन्दरगाहबाट समयमा नेपाल आइनपुग्दा नेपाली किसान भारतीय गुणस्तरहीन युरिया प्रयोग गर्न बाध्य भएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड
गाउँ फर्कनेलाई एक लाख रुपियाँ
खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो ।