• १० वैशाख २०८२, बुधबार

ट्याक्टरले किचेर बालकको मृत्यु

blog

गोकुल भुजेल

भोजपुर, वैशाख १० गते । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–१४ मा टक्याकटरले किच्दा ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । को. २ त. ८६९७ नम्बरको ट्याक्टरले किच्दा ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

षडानन्द–१२ का विकास कार्कीका छोरा सौगात कार्की पार्किङ गरी चालक खाना खान गएका बेला ट्याकटर आफैँ अचानक गुडेर दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको छ । ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।