• ३ पुस २०८२, बिहिबार

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

blog

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’को ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ बहसमा सहभागी हुनुहुँदै ।

काठमाडौँ, पुस ३ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पार्नुभएको छ । गोरखापत्र संस्थान र गोरखापत्र एकेडेमीले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’को ‘स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन’ बहसमा सहभागी हुनुहुँदै यस्तो बताउनुभएको हो । 

‘‘स्थानीय पालिका हरेक काम गर्न स्वयत्त छन् । काम गर्न हामीलाई कसैले रोक्न सक्दैन । राम्रो काम गर्न बाटो खुला छ । काम गरेर देखाउन सक्यो भने स्थानीय तहमा पैसको समस्या हुँदैन’’, उहाँले भन्नुभयो । 


संघ, प्रदेश र स्थानीय तहको एकीकृत कामका लागि अहिले भएका कानुनलाई आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकासका काममा स्टेक होल्डरले समन्वयन गर्नुपर्नेमा जोड दिनुभयो । आफू नगरप्रमुख भएपछि स्टेक होल्डरसँग सहयोगका लागि विवरण माग्दा त्यो प्राप्त नभएको गुनासो गर्नुभयो । 

विकासमा सङ्घीयताको मर्मलाई बुझेर सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।