• ३ पुस २०८२, बिहिबार

उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनुभएको छ । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । 

त्यस्तै, अन्य उपाध्यक्षहरुमा विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत ल्याएर निर्वाचित हुनुभयो । पदाधिकारीमा गुरुङ सर्वाधिक मत ल्याएर म्यान अफ दि इलेक्सन हुनुभयो । 

त्यस्तै, तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर निर्वाचित हुनुभएको छ । 

त्यस्तै, महासचिवमा शंकर पोखरले निर्वाचित हुनुभएको छ । उहाँलाई १२२८ मत प्राप्त भएको छ । उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरी पराजित हुनुभयो ।