शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित हुनु भएको छ । निर्वाचितमा पृथ्वी सुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गरेर निर्वाचित हुनु भएको हो ।
त्यस्तै, अन्य उपाध्यक्षहरूमा विष्णुप्रसाद पौडेल १६७५, रामबहादुर थापा १५१६, गोकर्णराज विष्ट १३६८ र रघुजी पन्त १२५८ मत ल्याएर निर्वाचित हुनु भयो । पदाधिकारीमा गुरुङ सर्वाधिक मत ल्याएर म्यान अफ दि इलेक्सन हुनु भयो ।
त्यस्तै, तीन उपमहासचिवमा लेखराज भट्ट १४५२, रघुवीर महासेठ १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर निर्वाचित हुनु भएको छ ।
त्यस्तै, महासचिवमा शङ्कर पोखरले निर्वाचित हुनु भएको छ । उहाँलाई १२२८ मत प्राप्त भएको छ । उहाँको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरी पराजित हुनु भयो ।