• १० वैशाख २०८२, बुधबार

बसको ठक्करबाट महिलाको मृत्यु

blog

हरिप्रसाद कोइराला
उर्लाबारी, वैशाख १० गते ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी –७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार ५५ वर्षीया कुमारी आचार्यको मृत्यु भएको हो । मोटरसाइकल चालक पुरुष गम्भीर घाइते हुनुहुन्छ । 

प्रहरीका अनुसार उदयपुरको बेलका –४ की आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३५ वर्षीय हरि शर्माले चलाएको मोटरसाइकल पछाडि बस्नु भएको थियो । शर्मालाई उपचारका विराटनगर पठाइएको छ भने आचार्यको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवम ट्रमा सेन्टर पठाइएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय सुमनलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।