• १५ वैशाख २०८२, सोमबार

नौ सय ४६ किलोग्राम गाँजासहित एक पक्राउ

blog

गाँजासहित पक्राउ परेका मनोज लिम्बू । तस्बिर : जिल्ला प्रहरी कार्यालय धनकुटा

कविराज घिमिरे
हिले, वैशाख १५ गते ।
धनकुटामा अवैध लागु औषध गाँजा ट्रकमा लोड गर्दै गर्दा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउँपालिका ५ बोधेका ४३ वर्षीय मनोज लिम्बू रहेका छन् ।

उनलाई प्रहरी टोलीले आइतबार राति बोधेबाट नौ सय ४६ किलोग्राम गाँजासहित पक्राउ गरेको हो । ना. ५ ख. ६१५७ नम्बरको ट्रकमा लोड गर्दै गरेको अवस्थामा गाँजासहित लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनभयो ।

प्रहरीले विशेष सूचनाको आधारमा प्लास्टिकको बोरामा ३८ पोका गाँजा (९४६ केजी) फेला पारेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।