• १२ वैशाख २०८२, शुक्रबार

दुईसय केजी माछा नष्ट

blog

नियन्त्रणमा लिइएको माछा ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, वैशाख १२ गते । इलाका प्रहरी कार्यालय उर्लाबारीले शुक्रबार बिहान नियन्त्रणमा लिएको मुङ्ग्री माछा नष्ट गरेको छ । प्रहरीले शुक्राबार बिहान दुईसय केजी मुङ्ग्री माछा नियन्त्रणमा लिएको थियो । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार माछाको बजारमूल्य करिव ५० हजार रुपियाँ पर्छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार प्रहरीको गस्ती टोलीले उर्लाबारी नगरपालिका –७ स्थित बरगाछी चौकमा बा ९ प ३६२९ नम्बरको मोटरसाइकलमा लोडगरी उर्लाबारी बजारतर्फ ल्याउँदै गर्दा नियन्त्रणमा लिएको हो । 

प्रहरीलाई देखेपछि मोटरसाइकल चालक माछा छाडेर भागेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको माछालाई स्थानीय सरकारका प्रतिनिधि, भेटेरेनरी शाखाका कर्मचारी र पत्रकारको रोहवरमा स्थानीय बक्राहा खोलामा नष्ट गरिएको छ ।

नोपालमा मुङ्ग्री प्रजातिका माछा पाल्न र खान प्रतिबन्ध लगाइएको छ । यो माछालाई छिटो बढाउन फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको खुट्टा, मरेका गाईवस्तु, सिनो आदि  दिने गरिन्छ ।  माछापालक किसानका अनुसार यो माछाको टाउको अत्यधिक मात्रामा मर्करीजस्तै घाट वस्तु पाइन्छ । जसले  क्यान्सर, अर्थराटिस, मधुमेहलगायतका घातक रोगहरू लाग्ने गर्छ ।