• ४ पुस २०८२, शुक्रबार

रेडक्रस सोसाइटीको सहयोग

blog

अर्जुन काफ्ले
स्याङ्जा, पुस ४ गते ।
आगालागी क्षति व्यहोरेका पुतलीबजार नगरपालिका –१० सुम्रेखोलाका शालिकराम अर्यालको परिवारलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाले सहयोग प्रदान गरेको छ ।

रेडक्रस स्याङ्जाले पीडित परिवारलाई कम्बल, ब्लाङ्केट, त्रिपाल तथा भाडा सेट लगायतका खाद्य सामग्री वितरण गरेको हो । 
विपदका बेला पीडितको दुःखमा साथ दिने उद्देश्यका साथ उक्त सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा स्याङ्जाका सभापति दिनेश अर्यालले बताउनुभयो ।

सभापति अर्यालले नेपाल रेडक्रस सोसाइटी स्याङ्जा सदैव विपद् र आपत्को घडीमा पीडितलाई राहत उपलब्ध गराउँदै आएको उल्लेख गर्दै सोही अभियानअन्तर्गत अर्यालको परिवारलाई सामग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

यस्तै, नेपाल रेडक्रस सोसाइटी स्याङ्जा चक्रकमला उपशाखाले आर्थिक सहयोग स्वरूप नगद पाँच हजार रुपियाँ पनि प्रदान गरेको हो ।

गत आइतबार बिहान करेन्ट सर्ट भएर आगलागी हुँदा अर्यालको एकतले पक्की घरको सटर कोठामा सञ्चालनमा रहेको अतिरिक्त हुलाक सेवाको कार्यालय र सोही स्थानको किराना पसलमा क्षति पुगेको थियो । घटनामा मानवीय क्षति भने नभएको स्याङ्जा प्रहरीले जनाएको छ ।