राधा लुइटेल
फिदिम, वैशाख १० गते । पाँचथरको फिदिममा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल तर्फ संखुवसभाका सुनिलजंग कार्की प्रथम हुनुभएको छ ।
जिल्ला समन्वय समितिको कभर्डहलमा आयोजितामा भोजपुरका विशाल तामाङ दोस्रो र ताप्लेजुङका मिलन गुरुङ तेस्रो हुनुभयो ।
महिला एकलतर्फ उदयपुरकी रोजी राई प्रथम, इलामकी निसाम लिम्बु दोस्रो र पाँचथरकी छायाँ केरुङ तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । यस्तै पुरुष युगलतर्फ निषा खत्री र विशाल तामाङ प्रथम, महेश खड्का र लाक्पा शेर्पा दोस्रो सुनिल कार्की र प्रविण लिङ्तेप तेस्रो बन्न सफल हुनुभयो ।
यसैगरी मिक्स युगलतर्फ प्रिन्सेससिं ठकुरी र अमृता गिरी प्रथम, सुनिल कार्की र नविना राई दोस्रा तथा विशाल तामाङ र मनिषा तामाङ तेस्रो स्थान ओगट्न सफल हुनुभयो ।
जनप्रतिनिधि–कर्मचारीबिचको प्रतिश्पर्धामा रामराज आङदेम्बे र रामकुमार राई (जनप्रतिनिधि) प्रथम, युगमणि सबेहाङ र सोजित श्रेष्ठ (कर्मचारी) दोस्रो तथा विपिन लम्साल र सुदीप योञ्जन तेस्रो स्थानसहित पुरस्कृत हुनुभयो ।
यसैगरी पुरुष भेट्रान्सतर्फ ४५–५५ वर्ष समूहमा संजय काफ्ले र अनिल थाम्सुहाङ प्रथम तथा ५५ वर्षमाथि समूहमा गणेश चन्द र पूर्णचन्द्र जोशी प्रथम स्थान सहित पुरस्कृत हुनुभयो ।
प्रतियोगितामा हरेक विधाका विजेतालेउपाधिसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार पुरस्कार प्राप्त गरेका छन भने ४५ वर्ष माथि र ५५ वर्ष माथिका खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका विजेताले ३० हजार र दोस्रो हुनेले २० हजार रुपियाँ पाउनुभयो ।