• ६ वैशाख २०८२, शनिबार

ताप्लेजुङमा बोलेरो दुर्घटना : एक जनाको मृत्यु, एक गम्भीर

blog

साहारा लिम्बू
फुङलिङ, वैशाख ३ गते ।
ताप्लेजुङमा बोलेरो दुर्घटना एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका ५ तापेथोक याङसिला चाेकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका ३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेलेपबाट तापेथोकतर्फ आउँदै गरेको मे. १ च. ५१९३ नम्बरको बोलेरो दिउँसो १२ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनाबाट फिदिमकै सहचालक सौजन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । श्रेष्ठको ढाडमा चोट लागेको बताइएको छ । उहाँलाई आधारभूत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।   

दुर्घटना स्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटाइएको प्रनाउ रावले जानकारी दिनुभयो ।