जयकृष्ण यादव
इनरुवा, वैशाख ४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ मा सामाजिक सद्भाव विषयक संवाद गरिएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडामा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
संवादमा सामाजिक परिवर्तन केन्द्र काठमाडौँका लागि सुनसरी सयोजक रमेश भट्टराई र संवाद सहजकर्ताले सहजीकरण गर्नुभएको थियो । संवादमा भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडा धार्मिक हिसाबले हिन्दु, मुस्लिम र क्रिच्यिन सहितको समावेसी वडा अनि जातीय रूपमा हिन्दुमा पर्ने साह, मेहता, यादव, मुसहर लगायतको बाहुल्य भएको र मुस्लिम अंसारी, मंसुरी, मियाँको बसोवास भएकाले एकले अर्कालाई सम्मान गर्दै छलफल भएको छ ।
गाउँमा गैरदलित र दलितमा मुसहर, सदा चमार अनि ठुलो जाती दाबी गर्ने साह, मेहतासम्मको बसोवास रहेकाले सबै एकैनासका नहुने अवस्था रहेकोले कहिले पूजापाठ त कहिले जातीय भोज त कहिले सामुदायिक विद्यलायको शिक्षाको विषयमा विवाद हुदै आएकोमा संवाद गरेर सदभाव कायम गर्ने प्रतिबद्धता जनाएका छन् । यसको समयमा सम्बोधन गर्न नसकेको खण्डमा समस्या ठुलो हुन सक्ने भएकाले सरोकारबालाहरूका बिचमा सुरुमा मौखिक जानकारी र पछि संवाद गरेको भोक्राहा नरसिंह ६ नम्बर वडा अध्यक्ष सेरोजुद्धिन अंसारीले बताउनुभयो ।
उहाँहरूलाई गुनासोको बारेमा एक ठाउँमा बस्न सकिन्छ की ? भनेर राखेको बताउनुभयो । सरोकारवालाहरूलाई राखेर संवाद गर्न महत्त्वपूर्ण ठानेर गरिएको कार्यक्रममा साह समुदायको मैनजन जोगिन्द्र साह, उराँव सुमदायका खुसीलाल उराँव र मुसहर समुदायका अगुवा कामेश्वर सदाले एक आपसमा सम्बन्ध सुधार गर्ने, समुदायमा केही समस्या भए सामुहिक रूपमा संवादको माध्यमबाट सामाधन गर्ने बचन र प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानीय घनश्याम साहले समुदायका अगुवाहरूका बिचमा अन्तरक्रिया नहुदा एकअर्कालाई हेर्ने दृष्टिकोणमा विभेद , छुवाछूत गरेको भान भएकोमा कोही कसैले समुदायमा विभेद, छुवाछूत र हेला नगरेको बताउनुभयो । अर्का सहभागी सुरेन्द्र कुमार साहले शैक्षिक गुणस्तर नहुदाँ पनि सामाजिक सदभावमा असर परेको बताउनुभयो । उहाँका अजुसार विद्यालयमा जुन समुदायको विधार्थी छ, त्यो समुदायको शिक्षक नभएकोले शैक्षिक गुणस्तरीयको विषयमा प्रश्न उठाउने गरेको छ ।
रामसेवक सदाले दलित समुदायको चेतनास्तर बढाउन अभिभावक शिक्षा, विधार्थीको हितमा काम गर्न शिक्षकहरू इमानदार, सामाजिक बनावट अनुसार विद्यालयमा दरबन्दी शिक्षक समावेशी हुनुपर्ने जरुरी देखिएको बताउनुभयो । त्यसैगरी रन्जित साहले समानुपातिक सहभागीताले सामाजिक सदभावमा योगदान गर्ने भएकोले सबै पक्षले समान्ताको कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।