फुङ्लिङमा बिहीबार सार्वजनिक बिदा
नगरपालिकाले बिहीबारदेखि सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव तथा अन्तर पालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो।
कांग्रेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा राई
नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासङ्घ क्षेत्र नं. १ सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
धरानमा सांस्कृतिक सचेतना अभियान सुरु
किराती संस्कृतिहरूको गलत प्रयोग विरुद्ध सचेतना अभियान सुरु गरिएको छ । किराँत राई सांस्कृतिक कलाकार सङ्घले किराँती संस्कृतिको गलत प्रयोग भइरहेको भन्दै सांस्कृतिक सचेतना अभियान सुनसरीबाट सुरु गर्न लागेको हो ।
विद्यालय नजिक लागूऔषध बिक्री गर्ने चार जना पक्राउ
चारै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको पनि चन्दले बताउनुभयो ।
भिरबाट लडेर पुरुषको मृत्यु
ओखलढुङ्गामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका–८ माम्खाका करिब ५६ वर्षीय पदमबहादुर बस्नेतको भिरबाट लडेर ज्यान गएको हो ।
एक वर्षअगावै पुलको निर्माण अन्तिम चरणमा
मदन भण्डारी राजमार्गसँग स्थानीय तोरीबारी सडकलाई जोड्ने गरी निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नगरपालिका–७, कालीखोलास्थित त्रियुगा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।
३० करोड लागतमा निर्मित भेडेटारको स्काइ वाक निर्माण अन्तिम चरणमा
धनकुटाको भेडेटारमा निर्माण सुरु गरिएको स्काइ वाक अन्तिम चरणमा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण सुरु गरिएको थियो ।
चिया परीक्षण केन्द्र सञ्चालनको तयारी
इलामको कन्याममा निर्माण भएको चिया परीक्षण तथा प्रवर्धन केन्द्र सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले प्राविधिक सहयोग गर्ने भएको छ । चियाको राजधानीका रूपमा परिचित सूर्योदय नगरपालिकाको कन्याममा कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लगानीमा देशमै पहिलो पटक निर्माण भएको केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने प्रविधि जनशक्ति नास्टले उपलब्ध गराउने भएको हो ।
मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प
पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा यातायात ठप्प भएको छ । सो समूहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानैदेखि यातायात सेवा ठप्प भएको हो ।
गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ
लागूऔषध कारोबारमा संलग्न रहेका भारतीय नागरिकलाई मोरङ प्रहरीले मङ्गलबार गोली प्रहार गरी पक्राउ गरेको छ ।
केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान
ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ ।
प्रत्येक प्रदेशमा एक हजार गाई र भैँसी पालन क्षमता
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाई र भैँसी पालन क्षमताको पूर्वाधारसहित स्रोत केन्द्र विकास हुने भएको छ।
सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो रक्तचन्दन
झापाको डिभिजन वन कार्यालयका दुई वटा कोठामा रक्तचन्दन थन्किएको सत्र वर्ष भयो । वि.सं.२०६३ र २०६४ मा भारतबाट तस्करी हुँदै टाघन डुब्बालगायतका सीमावर्ती क्षेत्रबाट बरामद भएका १९ हजार आठ सय ३२ केजी रक्तचन्दन त्यसयता यहाँस्थित वन कार्यालयमा थन्किएका छन् ।
गिरीबन्धुका चिया मजदुरले पाएनन् पारिश्रमिक
विर्तामोडस्थित गिरीबन्धु टी-स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् । गिरीबन्धु टी-स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन् ।
अग्निपीडितलाई राहत वितरण
सुनसरीको कोशी गाउँपालिका ३ को गोइटी टोलका अग्निपीडितहरुलाई राहत वितरण गरिएको छ ।
कन्यामको चिया टेष्टिङ सेन्टरलाई नाष्टले प्राविधिक सहयोग गर्ने
इलामको कन्याममा निर्माण भएको चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र सञ्चालनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले प्राविधिक सहयोग गर्ने भएको छ ।
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।
सडकबिचको रुख नै बन्दै छ काल
मोरङको जाँते–पथरी सडकखण्डमा रहेका सालका रुख नहटाई कालोपत्रे गर्दा ती रुख नै काल बनिरहेका छन् । आइतबार दिउँसो रुखमा ठोक्किएर मोटरसाइकलमा सवार लेटाङ–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भयो ।
खैरो हिरोइनसहित दुई जना पक्राउ
ताप्लेजुङ प्रहरीले प्रतिबन्धित लागू औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङको मेवाखाबाट दुई युवकलाई खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो।
बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण
सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा ६ को जनता माध्यमिक विद्यालय र इनरुवा ७ को चान्दबेलास्थित नेपाल राष्ट्रिय हरि माविका विद्यार्थी तथा शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
मकैमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित
मकैमा फौजी किराको प्रकोप बढ्न थालेपछि इलामका किसान चिन्तित भएका छन् । भर्खर गोड्ने बेला हुँदै गरेको मकैमा किरा लागेपछि किसानलाई समस्या भएको छ ।
आर्मीका गजेन्द्र र पुलिसकी राममायालाई खोटाङ हाफम्याराथन उपाधि
खोटाङमा आयोजना गरिएको हाफम्याराथनको उपाधि पुरुषतर्फ नेपाल आर्मीका गजेन्द्र राई र महिलातर्फ पुलिसकी राममाया बुढाले जित्नुभएको छ ।
यो हप्ताभित्र सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले यसै हप्तामा सरकार विस्तार हुने बताउनुभएको छ। सोमबार कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
कोशी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत प्राप्त गर्नुभयो ।