खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न सूचना जारी गर्नुभएको हो ।
कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग
कोशी प्रदेश सभाका दुई ठुला दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख परशुराम खापुङलाई नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
मेची भन्सारद्वारा ११ अर्ब ३२ करोडभन्दा बढी राजश्व सङ्कलन
मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
विपन्नलाई खाद्यान्न र जेहेन्दारलाई छात्रवृत्ति
विपन्न परिवारलाई धनशोभा राई स्मृति सेवा केन्द्र धनकुटाले खाद्यान्न सहयोग गरेको छ भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम
दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेष गरी पूर्व-पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सचेतना शिक्षा सुरु गरेको हो ।
ट्याक्टर दुर्घटनामा बालकको मृत्यु, आठ घाइते
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय किरण तामाङका नौ वर्षीय छोरा मानस तामाङको मृत्यु भएको हो।
कमलपोखरीलाई पर्यटकीय क्षेत्र बनाइने
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेला अवादी मधेशामा रहेको कमलपोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने भएको छ ।
सुनसरीबाट एक क्विन्टल गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान
सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा आज अन्तिम शाही स्नान गरिँदै छ ।
लुटपाटपछि महिलाको हत्या
झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्या पछि लुटपाट गरेको छ ।
खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाले हरेक मङ्गलबार नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयमा अभियान सुरु गरेको हो ।
अध्ययन पूरा भएका आयोजना मात्र समावेश गर्न आग्रह
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको प्रव्रिmया अगाडि बढाएको छ । बजेट तर्जुमा गर्ने व्रmममा आर्थिक मामिला तथा योजना मन्त्रालयले २८ अर्ब ५० करोड रुपियाँ बराबरको बजेट सिलिङ विषयगत मन्त्रालयमा पठाएर योजना माग गरेको छ ।
कोशी प्रदेशले २८ अर्बको बजेट ल्याउँदै
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो ।
वनमा आगो लगाएको अभियोगमा पक्राउ
वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित हुनुभएको छ । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उहाँलाई निर्वाचित गरेको हो ।
चट्याङ र करेन्ट लागेर दुईको मृत्यु
झापाको अर्जुनधारा नगरपालिका २ खुदुनाबरीमा मंगलवार हावाहुरी पानीसहित आएको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
आगलागीमा पीडितलाई घर बनाउन राहत रकम दिने
आगलागीमा परेका परिवारलाई सङ्घीय सरकारले घर बनाउन राहत रकम उपलब्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्ला विपद् व्यवस्थापन समितिको आज बसेको बैठकमा सरकारले उपलब्ध गराउने राहत रकमबारे जानकारी गराउनुभएको हो ।
सर्वोत्कृष्ट विद्यार्थीलाई वेदनिधि-धनकुमारी कोइराला छात्रवृत्ति पुरस्कार
भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रोशन लुइँटेल, अस्मिता घिमिरे र प्रितम राईलाई वेदनिधि-धनकुमारी कोइराला छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ।
मानवअधिकार समूहका लागि क्षमता विकास तालिम
सुनसरीको देवानगञ्ज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
परम्परागत थारु हस्तकला तालिम सुरु
थारु समुदायका महिलाहरूलाई परम्परागत थारु हस्तकला सीप सिकाउन थालिएको छ । थारु समुदायमा बनाइने हस्तकलाका सामग्री पछिल्लो पुस्ताहरूमा हस्तान्तरण नहुँदा हस्तकलाका सिपहरू समुदाय बाटै हराउँदै जान थालेपछि संरक्षणका लागि सिकाउन थालिएको हो ।
विज्ञान तथा प्रविधिको क्षेत्रीय सम्मेलन सुरु
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा विज्ञान तथा प्रविधिको क्षेत्रीय सम्मेलन सुरु भएको छ । मङ्गलबार धरान ८ स्थित गोर्खा कम्प्लेक्स क्षेत्रीय विज्ञान तथा प्रविधि सम्मेलन समितिको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा पूर्वाञ्चलका २ सयभन्दा बढी अनुसन्धानकर्ताको २ दिने सम्मेलन सुरु भएको हो ।
इन्द्रेणी रङ्ग हाइकु सङ्ग्रह विमोचन
स्रष्टा अधिकारी विमलाको इन्द्रेणी रङ्ग शीर्षकको हाइकु संग्रह विमोचन गरिएको छ
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
यही वैशाख १४ गते जङ्गलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा सङ्कलन गरेर उक्त रकम प्रदान गरिएको हो ।