म्याद सकिए पनि नगरपालिका भवन बनेन, मासिक डेढ लाख भाडा तिर्न बाध्य
नगरपालिकाको भवन निर्माण गरी २०८१ भदौमा जिम्मा लगाउनु पर्ने सम्झौता सहित निर्माण सुरु भए पनि अझै २० प्रतिशत काम हुन सकेको छैन । ठेकेदारको बदमासीका कारण नगरले मासिक डेढ लाख भाडा तिर्न बाध्य छन् ।
संसारकै अप्ठेरो बाटो
नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६२६ आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सगरमाथाको आरोहण गर्नेमा ५१९ जना महिला रहेका छन् ।
ओलाङचुङगोला उहिले र अहिले
ओलाङचुङगोलामा एउटा पुरातात्त्विक महत्वको दिकिछयोलिङ बौद्ध गुम्बा छ । यो क्षेत्र बौद्ध धर्मावलम्बीका लागि ताप्लेजुङको केन्द्रबिन्दु मानिँदै आएको छ । यस क्षेत्रको चर्चित सेनजेम्बा तालले ताप्लेजुङ जिल्लाको मात्र नभई पूरै देशको ध्यान खिचेको छ ।
जेठ ९ देखि अन्तिम सुनुवाइ
कोशी प्रदेश सरकार गठनको विवादमा सर्वोच्च अदालतले जेठ ९ गतेबाट अन्तिम सुनुवाइ गर्ने भएको छ । अदालतले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको मन्त्रीपरिषद्लाई कामकाजमा रोक लगाउन अन्तरिम आदेश जारी गरेन । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले विवादको निरूपण पूर्ण सुनुवाइबाटै गर्नु उपयुक्त भएको भन्दै जेठ ९ गतेका लागि पेसीको आदेश गरेको हो ।
महाकुम्भ मेलाको विधिवत समापन
सुनसरीको चतराधाममा एक महिनासम्म लागेको बाह्रवर्से पूर्ण महाकुम्भ मेला विधिवत रुपमा सम्पन्न भएको छ । कुम्भ परिसर क्षेत्रमा रहेको सप्तकोशी नदीमा शुभमुहुर्तमा विधिवत् रुपमा अन्तिम महास्नान गरी मेला सम्पन्न भएको हो ।
खाली हात अवकास पाएका कार्यालय सहयोगीलाई विद्यार्थीले गरे आर्थिक सहयोग
अनिवार्य अवकाश पाएका विद्यालयका कार्यालय सहयोगीलाई भूतपूर्व विद्यार्थीले नगदसहित बिदाइ गरेका छन्। ४० वर्ष अस्थायीरुपमा काम गरेका कर्मचारीलाई भूतपूर्व विद्यार्थीले चार लाख ६८ हजार ७ सय ११ रुपैयाँ रकमसहित बिदाइ गरेका हुन्।
धरानमा कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्रको उद्घाटन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले कोशी प्रदेशको लागि धरानमा कृषि तथा खाद्य प्रविधि विशिष्टिकृत अनुसन्धान केन्द्रको उद्घाटन गरिएको छ।
लागूऔषधसहित दुई जना पक्राउ
सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिका ६ मा अैध लागूऔषधसहित दुई जानलाई प्रहरीले पक्राउ गरेको छ ।
पूर्वी नाकामा एकपछि अर्को तगारो
पूर्वीनाका काँकडभिट्टाबाट दशकौँदेखि सहजरुपमा हुँदै आएको निर्यात व्यापार तथा पर्यटकीय आवागमनमा भारतीय नीति एकपछि अर्को गर्दै बाधक बन्दै गर्दा यसको सोझो असर नेपाली अर्थतन्त्रमा परेको छ ।
ढकमक्क कमल
सुनसरीको इनरुवा ७ चाँदबेलास्थित पोखरीमा ढकमक्क फुलेको गुलावी रङको कमलको फूल ।
रक क्लाइम्बिङ गर्दा खसेर मृत्यु
खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको ज्यान गएको छ । बिहीबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३४ वर्षीय सुचन राईको ज्यान गएको हो ।
इलाममा पिकअप गाडी दुर्घटना हुँदा एकको मृत्यु
इलाम नगरपालिका– ५ को भित्री कच्ची सडकमा गए राती दुई बजे गाडी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । ई नपा–५ सापकोटा गाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धनकुटामा पाँच दिने औधोगिक मेला हुने
जेठको दोस्रो साता धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल –२०८१ हुने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको शपथ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान
हिमाली जिल्ला सोलुखुम्बुमा ‘महिनावारी स्वच्छता’ अभियान सुरुआत भएको छ । सोलुदुधकुण्ड नगरपालिका-६ थातिङमा आज अभियानको सुरुआत गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले महिनावारी अभिसाप नभई वरदान भएकाले लजाउनु वा धक मान्नुपर्ने विषय नभएको बताउनुभयो ।
आधारभूत अस्पतालमा भिडियो एक्स-रे सेवा
खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरी आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको छ । गाउँपालिकाले आवश्यक उपकरण खरिद गरेर ल्याएपछि आधारभूत अस्पतालमा भिडियो एक्स–रे सेवा सुरु गरिएको हो ।
इनरुवाका प्रत्येक विद्यालयमा बाल क्लब
सुनसरीको इनरुवा नगरपालिकाले सबै वडामा बाल क्लब गठन गर्ने अभियान जारी राखेको छ । इनरुवा नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अगुवाइमा सबै वडामा बाल क्लब गठनको अभियान चलाएको हो ।
नेपालमै विद्युतीय गाडी उत्पादन गर्ने तयारी
कोशी प्रदेशमा तीन अर्ब रुपियाँ भन्दा बढी लगानीमा स्थापना भएको कोशी एनके मोटर्स प्रालिले एक वर्षभित्रै विद्युतीय सवारी साधन उत्पादन गर्ने गरी कामलाई अगाडि बढाएको छ।
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्रीमा दाबी परेपछि हस्ताक्षर सनाखत हुँदै
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले समर्थनमा हस्ताक्षर गर्नुभएका सांसदहरुको सनाखत गराउन थालेको छ ।
बाँसको पुल विस्थापित गर्दै झोलुङ्गे पुल
सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा रहेको थलाहा खोला तर्नका लागि बाँसको पुलमा जोखिम यात्रा गर्नेहरुको मागलाई सम्बोधन गर्न झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
नगरप्रमुख भण्डारीद्वारा इनरुवा ४ र ८ को विकास योजनाको अनुगमन
सुनसरीको इनरुवा नगरपालिकाले तीन दिनदेखि जारी गरेको विकास योजनाको अनुगमन कार्य बिहीबार पनि जारी राखेको छ । नगरप्रमुख केदार भण्डारी नेतृत्वको अनुगमन टोलीले इनरुवा नगरपालिका–४ र ८ को विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेस
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीको दाबी पेस भएको छ ।
‘लम्पी स्किन’ पीडित किसानलाई राहत रकम प्रदान
गएको वर्ष पशुहरूमा लाग्ने ‘लम्पी स्किन’ रोगबाट क्षति व्यहोरेका इलामको सूर्योदय नगरपालिकाका किसानहरूलाई नगरपालिकाले राहत रकम उपलब्ध गराएको छ ।