लोकसेवा सदन गौरीगञ्जको जग्गा नेपाल सरकारको स्वामित्वमा
झापाको वर्षौंदेखि निष्क्रिय रहेको एक सामाजिक संस्थाको नाममा रहेको करोडौं मूल्यको जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ ।
सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद
नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली सिमाना कटाउन लागेको सामग्रीसहित एउटा पिकअक भ्यान नियन्त्रणमा लिइएको छ । इलाम सूर्योदय नगरपालिका–२ स्थित दुई माइलबाट अवैध रूपमा सामान राखेर भारततर्फ लैजाँँदै गरेको पिकअप नियन्त्रणमा लिइएको हो । सवारीसहित रु १३ लाखभन्दा बढीका सामग्री नियन्त्रणमा लिइएको हो ।
चट्याङले एकै खर्कका बहत्तर भेडा मरे
जिल्लाको सभापोखरी गाउँपालिका–५, पेरुम्बामा परेको चट्याङले ७२ वटा भेडा मरेका छन् । गत शनिबार राति सभापोखरी–५, फाकुवाका सोमबहादुर लिम्बूको भेडा खर्कमा चट्याङ पर्दा भेडा मरेका हुन् ।
पाथीभरा याङ्वरकलाई मेयर कप भलिबल उपाधि
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न चौथो मेयर कप पुरुष भलिबल उपाधि पाथीभरा याङ्वरक गाउँपालिकाले जितेको छ । सोमबार फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि जितेको हो ।
दमकको लाइफलाइन अस्पतालमा दुई दिनदेखि तनाव
झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु भएपछि दुई दिनदेखि तनाव सिर्जना भएको छ । अस्पताल परिसरमा जनपथ र सशस्त्र प्रहरी परिचालित भएको छ ।
५० प्रतिशत अनुदानमा धानको बीउ वितरण
भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रतिकिलो ६० देखि ९५ मा खरिद गरी किसानलाई बीउ वितरण गरिरहेको हो ।
इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र बन्ने
चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापनाका लागि भौतिक संरचना निर्माणको काम जारी छ ।
खुला म्याराथनमा होमलाल र महिला हाफमा सुनसरी प्रथम
ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनमा नेपाल आर्मी क्लबका होमलाल श्रेष्ठ प्रथम हुनुभएको छ । निर्धारित दूरी चार घण्टा पाँच मिनेट २७ सेकेण्डमा पार गर्दै प्रथम हुनुभएको हो ।
‘पानढिकी टक्सार’ब्यारेकभित्र
जमानामा सिक्का टङ्कन गर्ने ‘पानढिकी टक्सार’ अहिले नेपाली सेनाको ब्यारेकको एउटा कुनामा गुप्त छ । विसं १९८७ मा तत्कालीन बडा
खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु
ताप्लेजुङमा खुला तथा महिला हाफ म्याराथन सुरु भएको छ । पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन तथा महिला हाफ म्याराथन सुरु भएको हो ।
फालेलुङका उदयद्वारा सगरमाथाको सफल आरोहण
पाँचथरको फालेलुङ गाउपालिका ३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ ।
नीति तथा कार्यक्रमका लागि टोलटोल पुगेर सुझाव सङ्कलन
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो नीति कार्यक्रमका विषयमा टोलटोलमा पुगेर सुझाव सङ्कलन गर्न सुरु गरेको छ।
स्पष्ट नीति नहुँदा योजना सञ्चालनमा समस्या : मन्त्री राना
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाले कुन सरकारले काम गर्ने भन्ने नीति स्पष्ट नहुँदा प्रदेशमा सञ्चालित योजनाहरु सञ्चालनमा समस्या भएको बताउनुभएको छ ।
बिर्तामोडमा भेटियो सडेको शव
झापाको बिर्तामोडमा सडेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।
थारू हस्तकला बनाउन सिकाइँदै
थारू समुदायका महिलालाई परम्परागत थारू हस्तकलाका सामग्री बनाउने सिप सिकाउन थालिएको छ । पछिल्लो पुस्तामा सिप हस्तान्तरण गर्न र हराउँदै जान थालेको सिप संरक्षण र संवर्धनका लागि सिकाउन थालिएको हो ।
चार दिनपछि यातायात बन्द फिर्ता
ताप्लेजुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्द चार दिनपछि फिर्ता लिएको छ।
विपन्न परिवारलाई घर हस्तान्तरण
सुनसरीको गढी गाउँपालिका-२ स्थित झोराटोल औराबनीका विपन्न सीमान्तकृत परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । गढी २ का २० विपन्न घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
दिक्तेल-खानीडाँडा-आहाले सडक : छ वर्षपछि कालोपत्र सुरु
कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ । सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक वि.सं.२०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्ने गरी याक्थुङहाङ-साप-सिरुवा जेभीले वि.सं.२०७५ असोज १ गते ठेक्का लिएको थियो ।
वडाध्यक्षको सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङले आफूले पाउने सुविधाबाट विद्यार्थीलाई ‘हाउस बुक’ प्रदान गर्नुभएको छ ।
व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिन सम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताउनुभएको छ ।
एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि
दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने हुनुभयो । श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गर्नुभयो ।
बास्केटबल उपाधि आइएसए नेपाल र इमोर्टल क्लबलाई
धरान बास्केटबल सङ्घको आयोजना तथा संयोजनमा आयोजित दोस्रो अल्फाबिटा ओपन महिला–पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लवले चुमेको छ ।
सञ्चार नीतिबारे छलफल सुरु
नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उदघाटन गर्नुभएको हो ।
त्रिचालिस बर्षदेखि जग्गामा किचलो
कोशी टप्पु वन्यजन्तु आरक्षका लागि जग्गा अधिग्रहण भई मोरङको पथरीशनिश्चरेमा सट्टाभर्ना पाएर पनि जग्गा भोगचलन गर्न नपाएका जग्गाधनीले सरकारद्वारा गठित सट्टाभर्नासम्बन्धी उच्चस्तरीय समितिले तयार गरेको ‘फाराम ग’ भर्न अटेर गरेका छन् ।