चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु
चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ । चतरा अस्पताल र केएचडिसि नेपालको सहकार्यमा नसर्ने रोगहरूलाई लक्षित गरेर सुगर, प्रेसर, मुटु, किड्नी, दमलगायतका दीर्घ रोग सम्बन्धी छुट्टै क्लिनिक सेवाको सुरुवात गरेको हो ।
चतरा अस्पतालमा दीर्घ रोगको सेवा सुरु
चतरा अस्पतालले दीर्घ रोगको सेवा विस्तार गरेको छ ।
तेह्रथुममा ढाका महोत्सव सुरु
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
अज्ञात रोगले मरे गाई र भेडा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा अज्ञात रोगका कारण गाई र भेडा मरेका छन्। फुङ्लिङ नगरपालिका–६ का स्थानीय किसानले पालेका गाई र भेडाहरु अज्ञात रोगले मरेका हुन्।
‘ओशो पार्क’ पर्यटकको रोजाइमा
धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ ।
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिनुहुन्छ ।
तमोर कोरिडोरमा प्रहरी पोष्ट
धनकुटाको चौबिसे गाउँपालिका-४ मा फलामेटारमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । तमोर कोरिडोर सडक क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन फलामेटारमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।
आगलागीपीडितका लागि दुई लाखभन्दा बढी राहत सङ्कलन
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका डढेलो तथा आगलागीपीडितका सहयोगका लागि राहत रकम सङ्कलन गरिएको छ । सात राजनीतिक दलको नगर कमिटीको अगुवाइमा जेठ ३ गतेसम्ममा दुई लाख बढी रकम सङ्कलन भएको छ ।
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
नगरवासीलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ महानगरले हरेक वडामा निःशुल्क एकीकृत विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । महानगरले बिहीबार नोवेल अस्पतालसँगको सहकार्यमा विराटनगर वडा नं ४ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा तीन सय ४३ जनाले सेवा लिएका जनाएको छ ।
माछालाई लगाएको करेन्ट आफैँलाई लागेपछि
जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा स्थानीय २४ बर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।
वैशाखमा उनान्सत्तरी लाख भेटी
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा वैशाख महिनामा उनान्सत्तरी लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वैशाख महिनामा मात्र उक्त रकम बराबर भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको भेटी विवरण अनुसार वैशाख
उखुको व्यापार
तमोर नदी किनारमा रहेको मूलघाट बजारमा बिक्रीका लागि राखिएको उखु ।
ताप्लेजुङ पर्यटन महोत्सवमा निकालिएको र्याली
ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्यालीमा जातिय भेषभुषा सहित सहभागीहरु ।
अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित
पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । बुधवार र बिहीबार यातायात बन्द आह्वान गरेको सो समूहले बन्दलाई निरन्तरता दिँदै शुक्रवारदेखि अनिश्चितकालीन बन्द घोषणा गरेपछि जनजीवन प्रभावित बनेको हो ।
तीन जना फरार अभियुक्त पक्राउ
पाँचथर प्रहरीले बाल यौन दुर्व्यवहार विरुद्धको मुद्रामा अदालतबाट दोषी ठहर भएपछि फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।
दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए
दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका-११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो ।
नक्कली धातु दिएर सुन लैजाने पक्राउ
सुनजस्तो धातु देखाएर झापाको दमकमा ज्येष्ठ नागरिक र महिलालाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली सुन दिएर सक्कली सुन लैजाने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदेश सभा बलियो बन्नुपर्छ : सभामुख विष्ट
कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभा बलियो भएमा सङ्घीयता बलियो हुने बताउनुभएको छ । कोशी प्रदेश सभा सचिवालयको सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न नदिन र यसको औचित्य साबित गर्न पनि प्रदेशसभा सुदृढ हुनुपर्छ भन्नुभयो ।
ताप्लेजुङमा पर्यटन महोत्सव सुरु
ताप्लेजुङमा पर्यटन महोत्सव बिहीबारदेखि सुरु भएको छ । ‘स्थानीय अर्गानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीय स्थलहरूको प्रचारप्रसार तथा अवलोकन’ भन्ने नाराका साथ सदरमुकाम फङ्लिङमा पर्यटन महोत्सव सुरु भएको हो ।
हेवाखोलाको ‘डाइभर्सन’ बाढीले बगायो
वर्षासँगै पाँचथरको हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाउँदा फालेलुङ गाउँपालिका ३ र ५ को सम्पर्क टुटेको छ ।
यातायात ठप्प हुँदा यात्रु मर्कामा
पाथीभरा केबुलकार परियोजनाविरुद्ध सङ्घर्षरत समूहले आह्वान गरेको यातायात बन्दका कारण यात्रु मारमा परेका छन् । सो समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा स्थानीय यातायात सेवा ठप्प हुँदा यात्रु मारमा परेका हुन् ।
सडक किनारामा फूल
मोरङको उर्लाबारीबाट मिक्लाजुङ जाने सडक किनारमा रहेका रुखमा फुलेका फूल ।
चुरे गाउँमा पुग्यो मोटरबाटो
मोटरबाटोले नछोएको वराहक्षेत्र नगरपालिका–१ को दुईचुरे गाउँमा मोटरबाटो पुगेको छ । छ महिनाअघि वराहक्षेत्र नगरपालिकाले मोटरबाटोका लागि प्राविधिक अध्ययनको काम सुरु गरेको बाक्सिङ्टार र सिलपाखा टोलमा पहिलो पटक मोटरबाटो पुगेको हो ।
पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।