आङ खस्ने समस्या लुकाउँदा उपचारमा ढिलाइ
कचनाकबल गाउँपालिका-३ की ४६ वर्षीया मनसरी राजवंशी चिकित्सकले चुराजस्तो वस्तु पाठेघरमा राखिदिएपछि आङ खस्ने समस्याबाट मुक्त हुनुभएको छ । अहिले उहाँ सहजरुपमा आफ्नो दैनिकीमा फर्कनुभएको छ ।
मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम
सुनसरीको देवानगञ्ज गाउँपालिकामा मेलमिलापकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जजन्युज मिडिया प्रालिको आयोजना तथा प्राविधिक सहयोगमा सञ्चालित तालिम सोमबार सम्पन्न भएको हो ।
गणतन्त्र दिवसमा वृक्षारोपण
सुनसरीको विभिन्न स्थानीय तहमा १६ औँ गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा जिल्ला सदरमुकाम इनरुवामा वृक्षारोपण कार्यक्रम गरिएको हो ।
व्यावसायिक अदुवाखेतीप्रति किसान आकर्षित
शिक्षण छाडेर व्यावसायिक रूपमा अदुवाखेतीमा लाग्नुभएका धरान उपमहानगरपालिका–२० विष्णुपादुकाका तिलक राईले यस वर्ष अदुवाखेतीबाट परस्त आम्दानी भएको बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष उहाँले अधिक आम्दानी गर्नुभएको हो । चालिस वर्षदेखि उहाँ अदुवाखेती गर्दै आउनुभएको छ ।
इलामका पालिकामध्ये सूर्योदयको बेरुजु कम
इलामको सूर्योदय नगरपालिकाले इलामका १० पालिकामध्ये सबै हिसाबले अग्रस्थानमा रहेको छ । नीति नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढी रहेको सूर्योदय नगरपालिका आर्थिक पारदर्शीताका हिसाबले समेत अगाडि नै रहेको छ ।
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज यहाँ प्रभातफेरी, कोणसभा र सरसफाइ गरिएको छ ।
गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो
झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको हो ।
भोजपुरको एक मात्र गरस चिया उद्योग
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का स्थानीय ३५ वर्षीय रञ्जित गिरीले सञ्चालन गरेको जिल्लाकै पहिलो गरस चिया उद्योग तथा बगान । गिरीले रु दुई करोड ५० लाखको लगानीमा ८० रोपनी क्षेत्रमा चिया लगाउनुका साथै विसं २०७६ बाट उद्योग सञ्चालन गरेर चियाको प्रशोधन गर्दै आउनुभएको छ ।
खाँदबारी–किमाथाङ्का सडक
नेपाली सेनाद्वारा निर्माणाधीन खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको ट्र्याक खोलिँदै । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कोसी करिडोरको च्याम्ताङ्ग–घोङ्घप्पा ९१०।५१ किमी० खण्डमा दुई किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ ।
बिक्रीमा राखिएका खरबुजा
सुनसरीको इनरुवास्थित थोक तरकारी बजारमा बिक्रीका राखिएका खरबुजा । खरबुजा थोकमा एक बोराको दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।
यस वर्ष त पुरियो किराँतीको ‘खुवालुङ’
सप्तकोशी नदीको अरुण, तमोर र दुधकोशीको सङ्गम त्रिवेणीमा देखिने खुवालुङ (ढुङ्गा) लाई स्थानीय बासिन्दा र किराँती समुदायले यस वर्ष पुज्न पाएनन् । पुस्तौँदेखि पुजिँदै आएको खुवालुङ गेगरले पुरिएकाले यस वर्ष श्रद्धालुले दर्शन गर्न नपाएका हुन् ।
गणतन्त्र दिवस तीन दिन मनाइँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
बजेट नहुँदा गिरिजाप्रसाद क्रिकेट रङ्गशाला अलपत्र
विराटनगर महानगरपालिका–१९ को वैजनाथपुरमा निर्माण प्रस्ताव गरिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपिआर अझै बन्न सकेको छैन । गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला कोशी प्रदेशको सरकारी स्तरको एक मात्र क्रिकेट मैदान हो । २०५४ सालमा बहुउद्देश्यीय रङ्गशाला बनाउने योजनासाथ तत्कालीन सरकारले २०५५ सालमा यो जग्गा अधिग्रहण गरेको थियो । त्यसपछि सातौँ राष्ट्रिय खेलकुद आयोजनाका क्रममा त्यहाँ क्रिकेट खेल आयोजना गर्न पिच तयार गरिएको थियो । त्यसयता कुनै ठोस काम भएको छैन ।
‘निजामती सेवा विधेयक आगामी असारभित्र’
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताउनुभएको छ ।
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जिल्लाको ऐँसेलुखर्क गाउँपालिका-३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ ।
एमाले धनकुटामा शिव आङ्लाको प्यानल विजयी
नेकपा (एमाले) धनकुटाको आठौँ जिल्ला अधिवेशनबाट शिव आङ्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्षमा आङ्लाले तीन सय १४ मतका साथ विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी तामाङले दुई सय ७ मत ल्याउनुभयो ।
मेयर कप ब्याडमिन्टनमा पविन र निश्चल च्याम्पियन
भोजपुर सदरमुकाम स्थित कभर्डहलमा सञ्चालित सातौँ संस्करणको मेयर खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि नेपाली सेनाका पविन लिङ्गथेप र भोजपुरका निश्चल खत्रीको जोडीले जित्नुभएको छ ।
भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा छौँ
पूर्वी मोरङको उर्लाबारी नगरपालिकाका स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ८५.५ अङ्क प्राप्त गर्ने मोरङको एक मात्र नगरपालिका हो । त्यस्तै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) मा ८४.४ अङ्क प्राप्त गरेर कोशी प्रदेशमा सुशा
डुकेन्द्रका लागि जुट्यो दस लाख
शरीर कक्य्राककुक्रुक भएर डल्लो परेपछि कष्टपूर्ण जीवन बिताइरहेका डुकेन्द्र श्रेष्ठको उपचारका लागि १० लाख रुपियाँभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे तल्लो माबेका २८
टिपरले ठक्कर दिँदा वृद्ध घाइते
पाँचथरको हिलिहाङ गाउँपालिका-१ भालुचोकमा टिपरले ठक्कर दिँदा ७२ वर्षीय वृद्ध रुपध्वज राई गम्भीर घाइते हुनुभएको छ।
म्याराथन उपविजेता गुरुङलाई सम्मान
महिला हाफ म्याराथन प्रतियोगितामा द्वितीय हुन सफल फुङ्लिङ नगरपालिका –६ का कुमारी गुरुङलाई वडा कार्यालयले सम्मान गरेको छ ।
कोशी प्रदेश सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेस
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेटको प्रमुख नीति तथा प्राथमिकताहरू प्रदेश सभामा पेस गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार बजेटका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत गर्नुभएको हो ।
रोङमा अनलाइनबाट नागरिकका सुझाव सङ्कलन
इलामको रोङ गाउपालिकाले पालिकाका नागरिकलाई हरेक हिसाबले पालिकमसँग जोड्ने काम गर्दै आएको छ ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको निर्माण सुस्त
विराटनगर महानगरपालिकाको वडा नं १९ को बैजनाथपुरमा निर्माण हुने भनिएको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपीआर अझै बनिसकेको छैन ।