५३ बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा
झापा प्रहरीले राजस्व छलेको ५३ वटा बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित उसिनेको दुई हजार ३७८ केजी सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरो र गाडी चालक बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विराटनगरमा श्रमाधान रोजगार मेलामा पन्ध्र सयलाई निम्ता
विराटनगरमा बिहीबार र शक्रबार आयोजित श्रमाधान रोजगार मेलामा एक हजार पाँच सय आकाङ्क्षीलाई कार्यस्थलका लागि निम्ता दिइएको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा आयोजना गरेको मेला अवलोकनमा आउने पाँच हजारमध्ये रोजगारदाता कम्पनीको सम्पर्कमा एक हजार पाँच सयले पहुँच पाएका हुन् । मेलामा रोजगारीका लागि आवेदन दिनेको सङ्ख्या दुई हजार रहेको मन्त्रालयका उपसचिव सुशीलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
झापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान दिइएको छ । कृषि ज्ञान केन्द्रले जिल्लाका सात वटा सुपारी उद्योगलाई सुपारी छोडाउने मेसिन र टहरा निर्माणका लागि ४० लाख अनुदान उपलब्ध गराएको हो ।
दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
दलित समन्वय समितिले रतुवामाई नगरपालिकाले सरकारी विद्यालयमा अध्ययन गरिरहेका बाल कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री वितरण गरेको छ ।
खानेपानी समस्या चाँडै समाधान हुन्छ : मन्त्री राई
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको चरम अभाब खेपिरहेको धरानको खानेपानी समस्या चाँडै समाधान हुने बताउनुभएको छ ।
बाच्छी गाइले नब्याउँदै दियो दैनिक अढाई लिटर दुध
मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ ।
सुम्लिखामा यलम्बर पार्क (उद्यान)
खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।
पारिवारिक निजी वन सङ्घको अध्यक्षमा भट्टराई
पारिवारिक निजी वन सङ्घको अध्यक्षमा गोपाल भट्टराई चयन हुनुभएको छ । सङ्घको दोस्रो अधिवेशनबाट उहाँ अध्यक्षतामा चयन हुनुभएको हो ।
दक्षिणी मोरङमा विद्युत अवरुद्ध
बिहीबार साँझ दक्षिणी मोरङमा आएको हावाहुरीले रङ्गेली वितरण केन्द्रको ३३ केभी प्रसारण लाइनको विराटनगर–रानी–रङ्गेली फिडरतअन्तर्गत रङ्गेली सबस्टेसनमा आउने मुख्य लाइनको टावर र पोलमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
बेलबारीमा बाल कला महोत्सव
विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबारदेखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।
शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन
ताप्लेजुङका वरिष्ठ साहित्यकार स्वर्गीय जगमोहन शाक्यको जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिएको छ। शाक्यको ९२ औँ जन्मजयन्तीमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको हो।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
सत्ता समीकरणकै आधारमा मधेसमा सरकार बन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेशमा केन्द्रीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणमै छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)वर्तमान सत्तासमिकरणमै रहेको बताउनुभएको छ ।
रोजगार बैंकको अवधारणा कार्यान्वयनमा आउँछ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताउनुभएको छ ।
गर्मी बढेसँगै जनजीवन कष्टकर
तराईमा केही दिनदेखि अत्यधिक गर्मी बढ्न थालेपछि तराईको जनजीवन कष्टकर बन्दै गएको छ । सात दिनदेखि बढेको गर्मी तथा तापव्रmमका कारण सुनसरीसहित तराईका जिल्लाहरूको जीवन कष्टकर बनेको छ । जेठको दोस्रो हप्तादेखि तराईमा तापव्रmम बढ्दै गएपछि सुनसरी जिल्लाको प्रमुख सहरमा चहलपहल घटेको छ । तापव्रmम बढेर दिउँसो घरबाहिर निस्कनसमेत समस्या हुने गरेको वराहक्षेत्र–१० का श्याम कटुवालले बताउनुभयो ।
विराटनगरमा श्रमाधान रोजगार मेला
सरकारले बिहीबारदेखि कोशी प्रदेशको विराटनगरबाट श्रमाधान रोजगार मेला सुरु गर्दै छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलको आयोजनामा सातै प्रदेशमा सुरु हुने सो मेला यही १७ गते बिहीबार कोशी प्रदेशको विराटनगरबाट सुरु भई ३० गते बुधबार बागमती प्रदेशको ललितपुरमा आएर सम्पन्न हुने जनाइएको छ ।
उदयपुरमा ५० शय्याको सुविधा सम्पन्न गाईघाट सिटी अस्पताल सञ्चालन
उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक सुविधासहितको उपचार सेवा प्रवाह गर्नेगरी ५० शय्याको नयाँ अस्पताल सञ्चालनमा आएको छ ।
एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई
सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ-हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् ।
कोशीमा जङ्गली हात्तीको आतङ्क
सुनसरीको कोशी गाउँपालिकाको विभिन्न वडामा कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किने जङ्गली हात्तीको आतङ्कले स्थानीय त्रसित बनेका छन् ।
हावाहुरीका कारण भेनियर उद्योगमा करोडभन्दा बढीको क्षति
झापामा मङ्गलबार राती आएको हावाहुरीका कारण करोडभन्दा बढीको क्षति पुगेको छ । राती चट्याङसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाँउहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बेरुजु शून्य बनाउँदै सूर्योदय
इलामको सूर्योदय नगरपालिकाले इलामका १० पालिकामध्ये सबै हिसाबले अग्र स्थानमा रहेको छ । नीति, नियम र निर्देशिका अनुसार दिगो लक्ष्य निर्धारण गरेर अगाडि बढिरहेको सूर्योदय नगरपालिका आर्थिक पारदर्शिताका हिसाबले समेत अगाडि नै रहेको छ ।
डुबेर एकको मृत्यु
झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षीय धनराज भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
'पूर्वेली सङ्गठन सुदृढीकरण अभियान’अन्तर्गत जिल्लास्तरीय प्रशिक्षण आयोजना
ताप्लेजुङमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा र विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको छ ।