तुम्लिङटार (सङ्खुवासभा), भदौ २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृह जिल्ला सङ्खुवासभा आइपुग्नुभएको छ । उहाँ मन्त्री भएपछि पहिलो पटक बुद्ध एयरको जहाजमार्फत गृह जिल्ला आउनुभएको हो ।
उहाँलाई सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली कांग्रेसका कार्यवाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले स्वागत गरेका छन् । स्थानीय वेशभूषामा सजिएका पञ्चकन्याले पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आइपुग्नुभएको छ ।
मन्त्री खड्काले गृह जिल्लामा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्री खड्काका स्वकीय सचिव भूपालमान बस्नेतले जानकारी दिनुभयो । रासस