सामुदायिक वनको पौडीपोखरी सुचारु
हरियाली सामुदायिक वन उपभोक्ता समूहले मोरङको पथरीशनिश्चरे –२ मा पर्यापर्यटन कार्यक्रम अन्तर्गत व्यवस्थित पौडीपोखरी सञ्चालनमा ल्याएको छ ।
कारको ठक्करबाट साइकलयात्रीको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी –७ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ः४० बजेतिर पश्चिमबाट पूर्व जाँदैगरेको मोरङको पथरीशनिश्चरे ५ का ७० वर्षीय साइकलयात्री बन्दु चौधरीलाई कारले ठक्कर दिदाँ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
शैक्षिक गुणस्तर सुधार्न घोषणापत्र जारी
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार्न शैक्षिक घोषणापत्र जारी गरेको छ। एकदिने शैक्षिक भेला आयोजना गर्दै गाउँपालिकाले शुक्रबार १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेको हो।
नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक एवम् सशक्त ढङ्गले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।
काँकरभिट्टा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा
नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बङ्गलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ ।
अपराध नियन्त्रणमा सहकार्य गर्ने
ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखले अपराध नियन्त्रणका कार्यमा सहकार्य गर्ने भएका छन् । सीमा जोडिएको जिल्ला ताप्लेजुङ र पाँचथरका सुरक्षा प्रमुखको बैठकले अपराध नियन्त्रण सहितका कार्यमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको हो ।
इलाममा पहिलो पटक प्रजिअमा महिला
इलाममा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ आउनुभएको छ। श्रेष्ठ इलामको ४८ औं प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।
विपद् पूर्व तयारीका लागि ‘अभ्यास मनसुन–४’ प्रदर्शन
भोजपुर जिल्लाको विभिन्न स्थानमा हुन सक्ने विपद्का घटनाहरूको उद्धारका लागि विपद् पूर्व तयारी डेमोस्ट्रेसन ‘अभ्यास मनसुन–४’ प्रदर्शन गरिएको छ ।
गाई मरेपछि अनुसन्धान सुरु
झापाको शिवसताक्षी नगरपालिकामा ब्याउन लागेका २ वटा गाई मरेपछि अनुसन्धान सुरु भएको छ । बिहीबार शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोकमा किसान शोभा ताजपुरीयाका गाई मरेका हुन् ।
पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी
पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो ।
धानको बीउ छर्दै
सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ ।
पोखरीमा डुबेर एकको मृत्यु
मोरङको कानेपोखरी –७ आइतबारेका देवीप्रसाद शिवाकोटीको सुकुना पैनीमा डुबेर मृत्यु भएको छ ।
सवारी दुर्घटना हुँदा दुईको मृत्यु
झापा मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा स्कुटी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
‘उपमेयर मर्यादित महिनावारी कार्यक्रम’ सुरु
झापाको दमक नगरपालिकाले ‘उपमेयर मर्यादित महिनावारी कार्यक्रम’ सुरु गर्ने निर्णय गरेको छ । यस कार्यक्रम अन्तर्गत नगरभित्र १५ वर्ष उमेरदेखि ५५ उमेर समूहको रजस्वला हुने सबै महिलाहरूलाई निःशुल्क रूपमा सेनीटरी प्याड उपलब्ध गराइने निर्णय भएको हो ।
खोलाले बगाउँदा विद्यार्थीको मृत्यु
सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ ।
हावाहुरीले केरा र मकै खेतीमा क्षति
सुनसरीमा केही दिनयता दैनिक जसो चलेको हावाहुरीले केरा र मकै खेतीमा ठुलो क्षति पुगेको छ। जिल्ला सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रमा मंगबारदेखि बिहीबार दिउँसोसम्म सात पटक आएको ठुलो हावाहुरीले केरा र मकै खेतीमा ठुलो नोक्सान गरेको हो।
वराहक्षेत्र मन्दिरमा एक करोड भेटी सङ्कलन
सुनसरीको वराहक्षेत्र मन्दिरमा एक महिनासम्म लागेको बाह्रवर्षे पूर्ण महाकुम्भ मेलामा एक करोडभन्दा बढी भेटी सङ्कलन भएको छ ।
जातीय विभेद अन्त्यका लागि अन्तरक्रिया
ओखलढुङ्गामा जातीय विभेद र छुवाछुत अन्त्यका लागि अन्तरक्रिया गरिएको छ । १८ औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नेपाल दलित सङ्घ जिल्ला कार्यसमिति ओखलढुङ्गाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
रोकिराखेको बोलेरोमा स्कुटी ठोक्किँदा दुई जनाको मृत्यु
झापाको मेचीनगर नगरपालिका वडा न. १२ धाईजनमा बुधबार राती सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मेची राजमार्गमा बिग्रिएर रोकिएको बोलेरो पिकअपमा स्कुटी ठोक्किँदा स्कुटीमा सवार रहेका दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सगरमाथा विमानस्थल चर्चामा मात्रै
उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित जोगीदहमा निर्माण गरिने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलका लागि सरकारले बजेट विनियोजन नगरेकामा स्थानीय निराश भएका छन् । अघिल्ला वर्षहरूदेखि नै त्रि
सुनसरी एमाले अध्यक्ष खनालको निधन
नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष निलम खनालको निधन भएको छ । नियमित उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बिहीबार बिहान २ बजे राति तेलङ्गना राज्यको कागजनगर पुग्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
घर बनाउने क्रममा छतबाट खसेर मजदुरको मृत्यु
मोरङको उर्लाबारी –२ माझीचौक स्थित जेनिल लिम्बूको घर बनाउने कामदारको घरको छतबाट लडेर मृत्यु भएको छ ।
कोशी सरकार गठनको मुद्दा पूर्ण इजलासमा
सर्वोच्च अदालतले कोशी सरकार गठन विवादको मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि मुद्दा पूर्ण इजलासमा पठाएको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिटमा सुनुवाइ गर्दै संयुक्त इजलासले निवेदकले उठाएका विषयवस्तुको निक्र्यौल पूर्ण इजलासबाट गर्नु उपयुक्त रहेको भन्दै यस्तो आदेश गरेको हो । यसअघि अदालतले जेठ ९ गते मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने क्रममा भएका सम्पूर्ण कामकारबाही अदालतमा पेस गर्न आदेश गरेको थियो । उक्त कागजात प्राप्त भएपछि रिटमा पहिलो पटक सुनुवाइ भएको हो ।
पृथ्वीलाई जोगाउन सबैले बिरुवा रोपौँ: प्रदेश प्रमुख खापुङ
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पृथ्वी जोगाउन सबैले बिरुवा रोपेर वातावरण स्वच्छ राख्नु आवश्यक भएको बताउनुभएको छ ।