कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट
कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ ।
भोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन माग
जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् ।
क्षमता विकासका लागि वाक् कला प्रशिक्षण
महिलाहरुको क्षमता विकासका लागि वाक् कला तालिम दिइएको छ ।
धिमाल पर्वमा बिदा
पश्चिम झापा र पूर्वी मोरङमा बस्दै आएका अल्पसङ्ख्यक धिमाल समुदायको जातिरी÷जात्रि पर्वको समापनका अवसरमा आज (असार २ गते) कोशी प्रदेशका पाँच पालिकाले सार्वजनिक विदा दिएका छन् ।
वडाध्यक्ष थापाको निधन
झापा कनकाई नगरपालिका ६ नम्बरका वडाध्यक्ष दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १. ५० बजे निधन भएको छ ।
धिमालले मनाए दुईमहिने पर्व
झापासहित पूर्वी नेपालमा बसोबास गर्दै आएका आदिवासी धिमाल जातिले दुई महिनासम्म मनाउने जातिरी तथा सिरिजात पर्व समापन हुँदै छ । धिमाल समुदायले आफ्नो बसोबास रहेको हरेक गाउँटोलमा पुगेर वर्षको एक पटक सामूहिक रूपमा सिरिजात पूजा गर्ने गर्दछन् । वैशाख २ देखि सुरु भएको यो पर्व आइतबार समापन हुँदै छ । प्रत्येक दिन भिन्नाभिन्नै ठाउँमा पूजाआजा र मेला लाग्दै आएको थियो । धिमाल जातिले गाउँपूजालाई पुर्खाहरू जङ्गलको वातावरणमा बस्दा भोग्नु परेको चुनौतीबाट बच्न सुरु गरेको परम्परा मान्ने गरेका छन् । परिवारको स्वास्थ्य र खेतीपाती राम्रो होस्, बाढीपहिरो नआओस्, गाईवस्तुलाई रोग नलागोस् र महामारी नलागोस् भनेर गाउँपूजा गरिने गरेको धिमाल अगुवाहरू बताउँछन् ।
कोशीको बजेट ३५ अर्ब २७ करोड, पूर्वाधार विकास प्राथमिकतामा
कोशी प्रदेश सरकारले शनिबार प्रदेश सभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले विभिन्न शीर्षकमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको हो।
विराटनगरका सडकलाई सुन्दर बनाउने अभियान
विराटनगरलाई सुन्दर सहरका रूपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी-रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ ।
ताप्लेजुङमा पहिरोले दर्जनौँ परिवार विस्थापित
ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । पछिल्लो चार/पाँच दिनयता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् ।
सामूहिक कृषि खेतीले फेरिएको उर्लेनी गाउँ
परम्परागत मकै, कोदो, धान लगायतका खेती गरिरहेका उर्लेनी गाउँका स्थानीयहरुको करीब ६ वर्ष अगाडि सोँच बदलियो । अहिले उनीहरुको जीवन स्तर र दैनिकी बदलिएको छ ।
झापामा कृषि प्रवर्द्धनका लागि १० करोड ५३ लाख
झापामा कृषि क्षेत्रको प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले १० करोड ५३ लाख अनुदान प्रदान गरेको छ ।
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रुपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।
कोशी प्रदेश सरकारको बजेट सिलिङ ३५ अर्ब १७ करोड ३४ लाख
कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारलाई ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोेकेको छ ।
नाबालकसहित एकै परिवारका तीन जना मृत फेला
झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।
खो खोको उपाधि त्रिभुवन आर्मीलाई
सुनसरीको भोक्राहा नरसिंहमा सम्पन्न भएको उपाध्यक्ष प्रथम महिला खो खो प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लवले हात पारेको छ । सम्पन्न भएको फाइनल खेलामा सुनसरी खो खो टिमलाई १२ अङ्कविरुद्ध २६ सहित पराजित गर्दै आर्मीले उपाधी चुमेको हो ।
कोशीमा ‘बिगबोल्डर स्लोप’ बाँध निर्माण
कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको उदयपुरको बेलका नगरपालिका–८
ताप्लेजुङमा पहिरोले पुरिएर एकै परिवारका चारको मृत्यु
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार राति पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तरको वर्षासँगै घर माथिदेखि झरेको पहिरोले पुरिएर फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम तिङ्दुमा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।
ढाका उद्योगमा सफल उद्यमी इन्दिरा
छोराछोरी पढाउने खर्चको जोहो गर्नकै लागि २२ वर्षअघि रुमाल बुनेर व्यवसाय गरेकी पाँचथरको फिदिम–१ की इन्दिरा खनाल अहिले सफल उद्यमीका रूपमा कहलिनुभएको छ । उहाँले सञ्चालन गरेको पाँचथर ढाका उद्योगमा अहिले एक दर्जन कपडा बुन्ने तान (हाते मेसिन) छन् । सबै खर्च कटाएर वार्षिक पाँच लाख रुपियाँभन्दा धेरै बचत गर्नुहुन्छ । देशविदेशबाट ढाका कपडाको माग बढेसँगै खनाल आफ्नो व्यवसायमा व्यस्त बन्नुभएको हो । उहाँ २२ वर्षअघि छोराछोरी पढाउन चोकमागुदेखि सदरमुकाम फिदिम आउनुभएको थियो । उहाँले भन्नुभयो, “श्रीमान् वैदेशिक रोजगारीमा गएपछि नानीहरूलाई स्कुल पठाएर दिनभर रुमाल बुन्न सिकेँ,
लागूऔषधका घटना बढेसँगै प्रहरी सक्रिय
पछिल्लो समय इलाममा लागूऔषधका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय इलाम जनस्तरमा सचेतनाका लागि सक्रिय भएको छ । प्रहरीले युवालाई लक्षित गरी सचेतनाका कार्यक्रम गर्न थालेको हो ।
बलात्कार आरोपीलाई १२ वर्ष कैद
इलामको सूर्योदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ ।
झापामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन दुई चरणमा
झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ ।
बाढीले पाँचवटा काठेपुल बगायो, यातायात सेवा अवरुद्ध
ताप्लेजुङमा तमोर नदीसहितका खोलामा लगाइएको अस्थायी काठेपुल बाढीले बगाउँदा यातायात सेवा अवरुद्ध बनेको छ। बुधबार रातभर परेको वर्षाका कारण तमोर नदी, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल (गाडी गुड्ने काठको पुल) बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध बनेको हो।
पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द
भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहीबारदेखि बन्द भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।