खिजीदेम्बाको कृषि उत्पादन बजारीकरण गरिने
जिल्लाको खिजीदेम्बा गाउँपालिकाको कृषि उत्पादन बजारीकरण गरिने भएको छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गरिने भएको हो ।
निर्माणाधीन पुलको पिलर भत्काउनुपर्ने
सुनकोसी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिलर भत्काउनुपर्ने भएको छ । निर्माणाधीन पुलको खोटाङपट्टिको पिलर बाङ्गिएपछि स्थलगत अध्ययन अवलोकन गर्न खोटाङबाट निर्वाचित जनप्रतिनिधिसहित आइतबार धाप्लाङ पुगेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियरसहितको टोलीले उक्त पिलर भत्काउनुपर्ने ठहर गरेको हो ।
अविवाहित महिलालाई भत्ता
खोटाङको रावा बेसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने बताउनुभएको हो ।
बसाइँसराइ रोक्न प्रयासरत छौँ
धनकुटाको सात स्थानीय तहमध्ये एक छथरजोरपाटी गाउँपालिकामा करिब १८ हजार जनसङ्ख्या छ । यो पालिकामा छत्र सुब्बा पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । स्वास्थ्य, शिक्षा, रोजगार, खानेपानीसहित बसाइँसराइ रोक्नु र पूर्वाधार निर्माण गर्नु यहाँको मुख्य चुनौती हो । यो पालिकाको मुख्य आधार कृषि हो । सीमित स्रोत साध
खानेपानी मुहान नदिएको विरोधमा सडक अवरुद्ध
फिदिम–१० र फालेलुङ–८ का उपभोक्ताले खानेपानी माग्दै आन्दोलन गरेका छन् । उनीहरूले सडकमा रित्तो गाग्री र प्लेकार्ड राखेर आन्दोलन थालेका हुन् । त्यहाँका उपभोक्ताले फालेलुङ–७ सिदिनस्थित प्युरेखोला मुहान भएर फिदिम–१० र फालेलुङ–८ का नागरिकलाई पानी वितरण गर्न लागिए पनि काम सक्ने बेलामा मुहान क्षेत्रका नागरिकले अवरोध गरेको भन्दै आइतबार आकासेभन्ज्याङमा रित्ता गाग्री र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् । आन्दोलनमा करिब दुई सय नागरिक सहभागी थिए । उनीहरूको आन्दोलनका कारण फिदिमबाट फालेलुङतर्फ र फालेलुङबाट फिदिमतर्फ आउने सबै खालका सवारीसाधन आवागमन ठप्प भएका छन् ।
बिर्तामोड–शनिश्चरे सडक कालोपत्र : स्थानीयवासी खुसी
झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ ।
बजेट पारित गर्दै पालिका कार्यालय
कानुनतः असार १० गते सबै पालिकाहरूले प्रत्येक आर्थिक वर्षमा सञ्चालन गर्ने योजना तथा कार्यक्रमको नीति कार्यक्रम र बजेट ल्याइसक्नु पर्छ । इलामका दुई पालिका असार १० अगावै नीति कार्यक्रम तथा बजेट पारित गरेका छन् ।
मौसम खुलेसँगै सडक मर्मत गर्न तम्सिए स्थानीयवासी
मौसम खुल्न थालेसँगै ताप्लेजुङका स्थानीयले आफ्नो क्षेत्रमा रहेका सडकको मर्मत गर्न थालेका छन्। करिव डेढ सातासम्मको अविरल वर्षाका कारण क्षति भएका सडकको स्थानीय आफैँले मर्मत गर्न थालेका हुन्।
खानेपानी सुविधाले ल्याएको खुसी
इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपर्थ्याे । उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए ।
निर्माणाधीन पुलको पिल्लर बाङ्गियो
सुनकोशी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खोटाङपट्टिको पिल्लर बाङ्गिएपछि पुल निर्माणको काम थप प्रभावित भएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङस्थित पुलको पिल्लर नदीतर्फ ढल्किएको हो ।
पाँच वर्षमा पनि बनेन सडक
मोरङको पथरी शनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ । २०८० साल गत भदौ मसान्तमा कालोपत्रे गरिसक्नुपर्ने सडक तोकिएको मिति गुज्रिएर १० महिना बितिसक्दा पनि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । पूर्वपश्चिम राजमार्गलाई विराटनगर–रङ्गेली–आमबारी हुँदै झापाको भद्रपुरसँग जोड्ने हुलाकी सडकसँग जोड्ने यो सडक २०७६ साल कात्तिकमा ठेक्का लागेको थियो । सङ्घीय सरकारको हुलाकी सडक आयोजना इटहरीले एक अर्ब ५५ करोड ७३ लाख रुपियाँमा कान्छाराम
कोशी प्रदेश सभाबाट बजेट पारित
कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकको बहुमतले बजेट पारित गरेको हो ।
भेडाको ऊनबाट बनेको सामग्रीको माग पूरा गर्न मिनाकुमारीलाई हम्मे हम्मे
याङवरक गाउँपालिका-३ ओयामको देवीस्थानकी मिनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष भयो ।
पर्यटकको रोजाइमा वेतना सिमसार
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सडक कालोपत्रे नहुँदा सास्ती
मोरङको पथरीशनिश्चरे–१० को भुटानी शरणार्थी शिविरबाट दक्षिणतर्फ शनिश्चरे बजार–गान्धी आश्रम हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहनमार्ग कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परिरहेको छ ।
अरुण नदीको बहाव बढ्दा...
संखुवासभा र भोजपुर जिल्लाको सिमाना भएर बहने अरुण नदीमा जलसतह बढ्नाले सवारी साधन वारपार गर्न चलाइँदै आएको फेरी बन्द भएपछि सतिघाटको झोलुङ्गे पुलबाट सामान ओसार्दै स्थानीय मजदुर ।
बिर्तामोडमा छ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे
जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रूपमा परिचित बिर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ ।
पालिकाको प्रशासनिक भवन निर्माण
जन्तेढुङ्गा गाउँपालिकाको पक्की भवन दुई करोड ३९ लाख आठ हजारको लागतमा निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा एक महिनाअघि भवन निर्माण पूरा भएको हो ।
हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : महिला मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अबको लक्ष्य मिसन २०८४ नै भएको बताउनुभएको छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य समेत रहनुभएको मन्त्री चौधरीले एमाले इटहरी नगर कमिटीको नवौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो ।
गोलिया ओसारपसारमा रोक
ताप्लेजुङका स्थानीय तहले गोलिया काठ ओसार–पसार गर्नमा रोक लगाएका छन् । ग्रामीण क्षेत्रका सडक जोगाउन स्थानीय तहहरूले गोलिया ओसारपसारमा रोक लगाएका हुन् ।
एकै गाउँका तीन किशोरी बेपत्ता
झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।
जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकालिँदै
सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
दुर्घटनामा युवकको मृत्यु
झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
कोशीको बाढीले दिन्छ रोजगारी
वर्षा लागेसँगै सप्तकोशी नदीबाट दाउरा निकाल्ने काम सुरु भएको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोशी कोरिडोर क्षेत्रका स्थानीय जोखिम मोल्दै बाढीसँगै बगेर आउने दाउरा निकाल्न व्यस्त छन् । असारको पहिलो हप्तादेखि नै वर्षा सुरु भएपछि पूर्वी पहाडी बस्तीबाट आएको बाढीले दाउरा बगाएर ल्याउन सुरु गरेसँगै सप्तकोशी कोरिडोर क्षेत्रका बासिन्दाले नदीबाट दाउरा निकाल्न थालेका हुन् । कोशी कोरिडोर आसपास क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू कोशीबाट दाउरा निकालेर पनि आम्दानी गर्छन् । सप्तकोशी नदीको चतरा, सिसौली घाट, महेन्द्रनगर, शुक्रबारे, राजावास, धरहरा, टपनलगायतका कोशी तटबन्ध क्षेत्रका बासिन्दा बाँसको टाँगोको सहायताले नदीबाट दाउरा निकाल्छन् ।