इलामको रोङमा नसर्ने रोगको खोजी अभियान
इलामको रोङमा नसर्ने रोग नियन्त्रण सम्बन्धी अभियान सुरु गरिएको छ ।
फिक्कल–नयाँबजार सडक कालोपत्र
इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो ।
पर्यटनमा भविष्य खोज्दै चौबिसे
पर्यटकीय नगरी भेडेटारबाट पूर्वमा रहेको चौबिसे क्षेत्र धनकुटाको एक महìवपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार–राजारानी–रबिराँके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटकलाई अधिक लोभ्याउने गर्छ ।
मुख्यमन्त्री कार्कीसँग स्विस राजदूतको भेटघाट
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्विस राजदूतावासका कार्यवाहक राजदूत म्याट्थिस मेइरबिच आज भेटवार्ता भएको छ ।
फक्ताङ्लुङमा प्रकोप व्यवस्थापन कोष स्थापना
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।
निकुञ्जका कर्मचारी मृत फेला
मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिनुभएको छ ।
अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । करुणा फाउन्डेसन नेपालसँगको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको हो ।
स्वच्छ खानेपानीको लक्ष्य पूरा हुन्छ : मन्त्री राई
खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सन् २०३० सम्म नेपाली नागरिकलाई स्वच्छ पानी खुवाउने सरकारको लक्ष्य समयमा पूरा हुने बताउनुभएको छ ।
व्यावसायिक बेसारखेती : वार्षिक ४५ करोडभन्दा बढीको बिक्री
धरान उपमहानगरपालिका-२० का कृषक व्यावसायिक बेसारखेतीतर्फ आकर्षित भएका छन् ।
प्याउली बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
अरुण गाउँपालिका-३ प्याउली, बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको छ । शनिवार गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नुभएको हो ।
पहिरोमा परी घाइते भएकाको हेलिकप्टरमार्फत उद्दार
ताप्लेजुङमा पहिरोमा परी घाइते भएका एक वृद्धलाई हेलिकप्टरमार्फत उद्दार गरी उपचारमा लगिएको छ। जिल्लाको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका ६३ वर्षीय पदमबहादुर लिम्बूलाई हेलिकप्टरमार्फत उपचारका लागि विराटनगर लगिएको छ।
तथ्याङ्कले नीति निर्माणमा सहज
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा योजना निर्माणमा तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
पहिरोले गाईघाट-दिक्तेल सडक अवरुद्ध
त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोले आज बिहानदेखि अवरुद्ध भएको छ ।
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
झापाको कमल गाउँपालिकामा कुकुरसँग ठोक्किएर भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
व्यावसायिक गाँजा खेती गरिने
नेपाल सरकारको नीति तथा मापदण्डको अधीनमा रही गाँजा खेतीलाई औषधीजन्य प्रयोजनका लागि व्यावसायिक खेती प्रवर्धनका लागि सहिदभूमि गाउँपालिकाले आफ्नो आगामी वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा गाँजा खेतीलाई समावेश गरेको छ ।
ताप्लेजुङमा २९ प्रतिशत रोपाइँ सकियो
ताप्लेजुङमा हालसम्म उनन्तीस प्रतिशत धान रोपाइँ भएको छ। जिल्लामा जेठ महिनादेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि यसवर्ष हालसम्म असार १५ सम्म २९ प्रतिशत मात्र रोपाइँ सकिएको हो।
युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ ।
धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्छ : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले असार १५ गते मनाइने राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभएको छ ।
दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु
झापाको दमकमा सिटी सफारीको ठक्करबाट २ बर्षीया बालिकाको मृत्यु भएको छ । शुक्रबार अपराह्न भएको सवारी दुर्घटनामा आमाछोरी घाइते भएकोमा २ बर्षीया छोरीको मृत्यु भएको छ ।
धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै
धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।
सुनसरीका स्थानीय तहमा धान दिवस मनाइयो
हरेक वर्ष असार १५ गते मनाउँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा सुनसरीको विभिन्न स्थानीय तहमा धान रोपेर दिवस मनाएको छ ।
बहुपयोगी बाँस
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा राखिएको बाँसको कुर्सी र सोफाले केही समयअघि निकै चर्चा पायो । चर्चा मात्र होइन, हामी त बाँसको प्रवर्धन गर्न चाहन्छौँ, बाँसबाट आम्दानी गर्न चाहन्छौँ । नगरपालिकाका मेयर (पङ्क्तिकार) र उपमेयरको कक्षमा बाँसको कुर्सी राखेका छौँ अर्थात् हामी बाँसको कुर्सीमा बस्छौँ । कार्यकक्षमा आउने सेवाग्राहीका लागि पनि बाँसकै बस्ने सोफा र बाँसकै टेबुल राखिएको छ । जुन कुराले चर्चा पाएको थियो ।
वृद्ध महिलाको हत्यामा संलग्न तामाङ पक्राउ
सिक्कलले प्रहार गरी वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ३ः३० बजे बजे झापाको भद्रपुर नगरपालिका २ डिगाँउका ७० वर्षीया गौरीमाया तामाङलाई सोही गाउँका ४० वर्षीय राजेश तामाङले घाँटीमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।