असारे विकासमाथि गुनासो
प्रदेश सरकारले टेन्डर लगाउने, कामको अनुगमन र भुक्तानी दिने काम आफैँले गर्दा कामको गुणस्तरमा समस्या देखिएको छ । स्थानीय सरोकारवाला निकायसँग समन्वय नै नगरी धमाधम काम गर्दा समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।
सप्तकोशीमा पानीको बहाव निरीक्षण
पहाडी तथा पूर्वका जिल्लामा भएको अविरल वर्षाका कारण सप्तकोशी नदीमा बढेको पानीको बहाव अनुगमन तथा निरीक्षण गर्दै सुरक्षाकर्मी ।
सप्तकोसीमा जलसतह यो वर्षकै उच्च
सप्तकोसी नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
ओखलढुङ्गामा पहिरोले बगाउँदा दुई जना घाइते
ओखलढुङ्गा सदरमुकाम नजिकै शनिबार दिउँसो गएको पहिरोले होटल बगाएको छ । अविरल वर्षासँगै आएको पहिरोले सिद्धिचरण नगरपालिका–१२ मा रहेको होटल बगाउँदा दुई जना घाइते भएका छन् ।
सप्तकोसी नदीमा पानीको बहाव उच्च
सप्तकोसी नदीमा आज पानीको बहाव उच्च मापन गरिएको छ । आज दिउँसो ३ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले २ लाख ७२ हजार ४८५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ ।
शैक्षिक गुणस्तर सुधारका लागि हौसला बढाउन सम्मान
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नमा हौसला प्रदान गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। पालिकाको शैक्षिक सुधार गर्नमा योगदान गर्ने उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेको हो।
ओखलढुङ्गामा ८९.६ मिलिमिटर वर्षा
ओखलढुङ्गामा पछिल्लो २४ घण्टामा ८९.६ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लामा सबैभन्दा धेरै मानेभन्ज्याङ गाउँपालिकामा वर्षा भएको हो ।
अरुण नदिमा बाढी : डाइभर्सन बाँध माथिबाट बग्न थाल्यो पानी
अरुण तेस्रो जलविद्युत आयोजनाको बाँध निर्माण स्थलको अस्थायी बाँध माथिबाट पानी बग्न थालेको छ । जलविद्युत आयोजनाको डाइभर्सन टनेलबाट पनि पानी पूर्णरुपमा बग्न थालेको छ ।
बाढीले अरुण तेस्रोको डाइभर्सन थुनियो
लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
निदाउँदैनन् हेवा र तमोर गडतीरका बासिन्दा
फिदिम नगरपालिका–४ की लक्ष्मीमाया थापा एक महिनादेखि निदाउनुभएको छैन । मौसम बदलिएर मेघगर्जन हुनासाथ उहाँको निद्रा हराउँछ । गत वर्ष असार २ गते हेवामा आएको बाढीले मच्चाएको वितण्डा मानसपटलमा फनफनी घुम्छ ।
धनकुटामा तीन घर जलेर नष्ट
धनकुटाको महालक्ष्मीमा गए राति भएको आगलागीमा परि ३ घर जलेर नष्ट भएको छ । महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राम बजारमा बिहान १ बजेतिर आगलागी सुरु भएको थियो ।
खोटाङलाई पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा
खोटाङमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको खेलमा आयोजक खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा पुगेको हो।
चाहिएको बेला नहरमा पानी छोड्ने व्यवस्था मिलाउन मुख्यमन्त्रीसँग किसानको माग
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाएर त्यस अनुसारका कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको बताउनुभएको छ ।
फुङ्लिङ ८ ले किरिया खर्च दिने
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ले मृतक परिवारलाई किरिया खर्च दिने भएको छ। वडा कार्यालयले आगामी आर्थिक वर्षदेखि वडाबासी नागरिकको मृत्यु भएमा मृतकका परिवारलाई काजकिरिया खर्च उपलब्ध गराउने भएको हो।
ओझेलमा धरानको गुराँसेडाँडा
धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका-२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन ।
प्याज उत्पादनले उत्साहित इलामका किसान
एक किसानले कति प्याज उत्पादन गर्छन् ? सामान्यतयाः गाउँ घरमा प्रयोग गर्नका लागि मात्र प्याज रोप्ने चलन छ । तर प्याजलाई व्यवसायिक ढङ्गले खेती ग¥यो भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदारण इलामका किसानले देखाएका छन् ।
अर्गानिक मल उत्पादनका लागि मेशिन प्रयोग
अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ ।
छ महिनामा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना
धनकुटामा गत छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना भएको पाइएको छ । बिीहबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानवअधिकार वर्ष पुस्तकका लागि ६ महिना सङ्कलन गरेर आयोजना गरेको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सुनसरीमा आँप उत्पादन घट्यो
जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।
जीवन बचाउने थलो बन्दै चारआलीस्थित सर्पदंश उपचार केन्द्र
मेचीनगर नगरपालिका–१३ चारआलीस्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ ।
कुटपिटबाट राईको ज्यान गयो
पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते हुनु भएका एक जना युवकको ज्यान गएको छ ।
अपहरणको २० वर्षपछि पुनर्मिलन
सशस्त्र द्वन्द्वका बेला विद्रोही पक्षबाट श्रीमान् अपहरणमा परेपछि पुण्यमायाका आँखा कहिल्यै ओभाएनन् । २० वर्षसम्म झरेका आँसुको हिसाब गर्ने हो भने एउटा खोलो नै बन्थ्यो । उसो त १२ वर्षमा खोलो पनि फर्किन्छ भन्ने उखान सुनाएर गाउँले र आफन्तले पुण्यमायालाई सान्त्वना दिन्थे तर १२ मा आठ वर्ष जोडिँदा मात्र उहाँको जीवनको खोलो फर्कियो । श्रीमान् उदयबहादुर खड्का र उहाँकी श्रीमती पुण्यमाया बस्नेत (खड्का) को २० वर्षभन्दा बढी समयपछि जीवनमा भँगालो फाटेको खोलो फर्किएर पुनर्मिलन भएको छ ।
ओखलढुङ्गामा दुई सवारी दुर्घटना, चार जना घाइते
ओखलढुङ्गामा बिहीबार दुई वटा सवारी दुर्घटना भएका छन्। जिल्लाको भुसुने जङ्गलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते हुनुभएको छ।
आधारभूत तहमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आधारभूत तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। आधारभूत तहअन्तर्गत सामुदायिक विद्यालय, कक्षा ८ मा उत्कृष्ट नतिजा (जिपिए) ल्याउने विद्यार्थीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो।