प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय
मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास (होमस्टे) निर्माण गर्ने भएको छ ।
तरकारी खेतीमा समय दिए पैसा फल्छ
रामधुनी नगरपालिका–३, पिप्रहाका वीरेन्द्र चौधरीले तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । ५२ वर्षीय चौधरी धान खेती नै गर्न छाडेर मौसमी र बेमौसमी तरकारी खेतीमा लाग्नुभएको हो ।
उदयपुरमा पहिरोले पुरिएर घाइते भएका एक जनाको मृत्यु
उदपुरको त्रियुगा नगरपालिका–१५ स्थित रानिवासमा पहिरोमा पुरिएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।
विपद्जन्य घटनाबाट चार जनाको मृत्यु
झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि हालसम्म मनसुनजन्य घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
गजराजसिंह थापा सामुदायिक पुस्तकालय स्थापना
इलाम सदरमुकाममा रहेको अरनिको सांस्कृतिक सङ्ग्रहालयमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको स्थापना भएको छ। पुस्तकालयको मंगलबार एक कार्यक्रममा इलाम नगरपालिका प्रमुख केदार थापाले उद्घाटन गर्नुभयो।
पहिरोमा परी त्रियुगामा एकको मृत्यु, दुई जना घाइते
गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका-१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
धनकुटा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
धनकुटा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।
अग्निपीडित परिवारको अस्थायी गोठमै बास
मोरङको रङ्गेली–३ स्थित बाबुसाहेव टोलका २२ अग्निपीडित घरपरिवारको अस्थायी गोठमै बास भएको छ । गत चैत ३ गतेको भीषण आगलागीमा परी बाबुसाहेव टोलको सन्थाल बस्ती छिनभरमा खरानी भएको थियो ।
धनकुटा अदालतमा ७५ प्रतिशत मुद्दा फर्छ्याेट
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला अदालत धनकुटाले पाँच सय पाँच थान मुद्दा फर्छ्याेट गरेको छ । अदालतले सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर चालु आर्थिक वर्षमा कुल ६ सय ६६ थान मुद्दामध्ये पाँच सय पाँच थान फछ्र्यौट गरेको जनाएको हो ।
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैंचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
धिमाल जातिको सङ्ग्रहालय बेलबारीमा बन्ने
मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं. १० स्थित माटीगाउँमा धिमाल जिवित सङ्ग्राहालय र होमस्टे (घरवास) निर्माण गर्ने भएको छ ।
पहिरो खसिरहने सत्र नम्बर भिर
वर्षायाममा बाढी आउनु, पहिरो जानु सामान्य कुरा नै हो तर प्रत्येक वर्ष १७ नम्बर भिरमा खस्ने पहिरोले सबैको ध्यान खिच्ने गरेको छ । सुनसरीको वराहक्षेत्र नगर–१ मा रहेको
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरुरी छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरुरी रहेको बताउनुभएको छ । त्यसका लागि सम्भावित जोखिमयुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क बाइफाई जडान गर्न उहाँले निर्देशन दिनुभयो ।
अक्षय कोष स्थापना
दमक बहुमुखी क्याम्पसमा शैक्षिक वृद्धिविकासमा सहयोग पुर्याउने उद्देश्यले एक लाख ५० हजार पाँच सय ५५ को अक्षय कोष स्थापना गरिएको छ ।
रामधुनीमा चिल्ड्रेन पार्क निर्माण
सुनसरीको रामधुनी नगरपालिका ९ डुम्राहाको छप्की पोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको निर्माण गरिएको छ । स्थानीय बालबाकिलाहरुलाई लक्षित गरेर छप्की पोखरी क्षेत्रमा चिल्ड्रेन पार्कको निर्माण गरिएको हो ।
कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने एक बालक बेपत्ता
सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा सङ्कलन गर्ने क्रममा आइतबार राती एक बालक बेपता भएका छन् । कोशी व्यारेज पुलमा भालासहित दाउरा सङ्कलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।
अविरल वर्षाले खोटाङका ग्रामीण सडक अवरुद्ध
अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका हुन् ।
बाह्रैमास सिँचाइको प्रयास भइरहेको छ
भोक्राहानरसिंह गाउँपालिका सुनसरीको सीमावर्ती दक्षिणी क्षेत्रमा छ । साबिक भोक्राहा र नरसिंह गाविस मिलेर भोव्रmाहानरसिंह गाउँपालिका बनेको हो । यसको पूर्वमा इनरुवा नगरपालिका, पश्चिममा कोशी गाउँपालिका
किसानलाई हल गोरु वितरण
भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।
फुङ्लिङमा पहिरो झरेर घर र गाडीमा क्षति
ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ।
सप्तकोसी नदीमा बहाव बढ्यो, चार लाख क्युसेक नजिक
सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ । अहिले ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ९३ हजार ७१५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको छ ।
धनकुटामा आठ प्रतिशत मात्रै रोपाइँ
धनकुटामा ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । बेलैमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा ढिलो गरी रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र धनकुटाका केन्द्र प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो ।
कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह
पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।
जोत्न लगेको गोरु करेन्ट लागेर मृत्यु
झापाको कचनकवलमा जोत्न लगेको गोरु करेन्ट लागेर मरेको छ । आइतबार बिहान ८ बजे कचनकवल गाउँपालिका वडा नं ६ मुस्लिम बस्तीमा सडक नजिकमा रहेको विद्युतीय ट्रान्सफर्मरसहितको पोलमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर एउटा गोरु मरेको हो ।