बेरुजु शून्य बनाउने योजनामा फक्ताङ्लुङ
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले आगामी आर्थिक वर्षभित्र बेरुजु शून्य बनाउने योजना बनाएको छ । गाउँपालिकाले हाल देखिएको बेरुजुलाई फर्स्योट गर्दै आगामी आवमा बेरुजुलाई शून्यमा झार्ने योजना बनाएको हो ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : तीन समिति गठन
कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीहरूको संयोजकत्वमा तीन वटा समिति गठन गरेको छ ।
झापाका तीन स्थानमा स्वचालित पूर्वसूचना प्रणाली जडान
बाढीको उच्च जोखिममा रहेका झापाका तीन स्थानलाई लक्षित गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वचालित पूर्वसूचना प्रणाली (साइरन)जडान गरेको छ ।
नागरिक सुनुवाइ 'पहुँचको भरमा न्याय'
धरानका स्थानीयहरूले प्रहरीबाट राम्रो सेवा नपाउने र सुनुवाइ समेत नहुने कारण पहुँच भएका व्यक्तिलाई गुहार माग्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा विश्वस्त : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
बाढीमा माछा मार्दै
सुनसरी सदरमुकाम इनरुवा–दुहबी सडकखण्डको किनारमा बाढीको पानीमा माछा मार्दै स्थानीय।
रड लागेर मजदुरको मृत्यु
फलामे रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ मा फलामे रडले टाउकोमा लागेर एक जना मजदुरको मृत्यु भएको हो ।
विपद्जन्य घटनाबाट झापामा एक वर्षमा १५ जनाको मृत्यु, १३ करोड बढी क्षति
विपद्जन्य घटनाबाट झापामा १५ जनाको मृत्यु भएको छ भने १३ करोडभन्दा बढीको क्षति भएको छ ।
उत्कृष्ट विद्यालय, पदाधिकारी र शिक्षक कर्मचारी सम्मानित
ताप्लेजुङस्थित ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले उत्कृष्ट विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। रिड नेपालको आफ्नो क्षेत्र भित्रका विद्यालय, पदाधिकारी, शिक्षक र विद्यार्थीलाई सम्ममान गरेको हो।
सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।
कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च सतर्कता
सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निमत्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले शतकर्तासहितको आवश्यक तयारी अघि बढाएको हो ।
चोरीमा संलग्न छ जना पक्राउ
झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशमा १३.७१ प्रतिशत रोपाइँ
कोशी प्रदेशमा १३.७१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे छ । प्रदेशमा असारको दोस्रोे हप्तासम्म आकासे पानीकै भरमा अधिकांश स्थानमा रोपाइँ भएको हो । कृषि विकास निर्देशनालय कोशी प्रदेशका सूचना
प्रशासनले लगायो पाउरोटी उद्योगमा ताला
पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेका दुई वटा पाउरोटी उद्योगमा जिल्ला प्रशासन कार्यालय पाँचथरले ताला लगाएको छ।
‘गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा (एमाले)ले सहकार्य गरेको बताउनुभएको छ ।
कोशी प्रदेशः छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण
कोशी प्रदेशमा पछिल्लो छ वर्षमा साढे चार हजारभन्दा बढी किलोमिटर निर्माण भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि गठन भएका विभिन्न सरकारले प्रदेशका १४ जिल्लाका सदरमुकामसम्म पहुँच पुग्ने सडक निर्माण गरेको जनाइएको छ ।
न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्न : मुख्यमन्त्री कार्की
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले न्यायिक समितिले सम्पादन गरेको फैसलामा राजनीतिक स्वार्थ देखिन नहुने बताउनुभएको छ ।
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै आउनुभएको हो ।
ट्रिपरको ठक्करबाट मृत्यु
मोरङको उर्लाबारी –६ की सीता बोहोराको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ ।
उर्लाबारीलाई फोहोर व्यवस्थापनको समस्या
मोरङको उर्लाबारी नगरपालिकाले फालेको फोहोर उर्लाबारी–८ र रतुवामाई–१० का किसानको गरा गरामा पुगेको छ । नगरले फोहोर व्यवस्थापनको जिम्मा जयश्री पाथीभरा इन्भाइरोमेन्ट केयर प्रालिलाई दिएको छ ।
धनकुटाको विकासका लागि संघीय बजेट
संघीय सरकारले धनकुटामा आगामी आर्थिक बर्ष २०८१–८२ का लागि करिब ८ अर्ब बजेट विनियोजन गरेको छ ।
पहिरोले पाँच घर विस्थापित
अबिरल बर्षाका कारण गएको पहिरोमा परी मोलुङ गाउँपालिका –७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । सोही ठाउँको २३ घर जोखिममा परेका छन् ।
सब–इन्जिनियर हुसेन नियन्त्रणमा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सब–इन्जिनियर अख्तर हुसेनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग एक लाख रुपियाँ घुस रकम लिएको आरोपमा हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
इलाममा ३० प्रतिशत धान रोपाइँ
इलाममा यस वर्ष ३० प्रतिशत धान रोपाइँ भएको छ ।