बाढीले पुलको काममा अवरोध
मनसुन चाँडै सुरु भई खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ । मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कोशी प्र
सर्पको टोकाइबाट एक बालिकाको मृत्यु
झापाको कचनकवल गाउँपालिकामा विषालु सर्पले टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।
खोलामा डुबेर नाबालकको मृत्यु
झापाको मेचीनगरमा एक नाबालकको डुबेर मृत्यु भएको छ । फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
ओखलढुङ्गामा पहिरोमा परेर एकको मृत्यु, दुई घाइते
गए राती देखी परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते हुनुभएको छ ।
बिर्तामोडको बजेट एक अर्ब ३९ करोड
बिर्तामोड नगरपालिकाले एक अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपियाँको बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि नगरपालिकाले नीति तथा कार्यक्रमसहितको बजेट ल्याएको हो ।
बाढीले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता
खोला किनारमा माछा मार्न बसिरहेको बेला खोलामा आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैँचा –५ कि २२ वर्षीया प्रेमकला चौधरी (फुदनी) को मृत्यु भएको छ ।
अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
कनकाई नगरपालिका ३ स्थित सुरुङ्गा–झापा भित्री पक्की सडक खण्डमा अटोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको हो ।
विद्यार्थीसँग खुला सिमाका विषयमा अन्तक्रिया
सशस्त्र प्रहरी बलको नं. १ बराह वाहिनी मुख्यालय पकली सुनसरीको आयोजनामा नेपाल भारत सिमा क्षेत्रका विद्यार्थीहरूलाई दुई देश बिचको खुला सिमाको विषयमा तालिम दिइएको छ ।
झापामा चट्याङले एक्कै दिन तीन जनाको मृत्यु
झापामा चट्याङले लागेर एक्कै दिन तीन जनाको मृत्यु भएको छ।झापाका फरक-फरक स्थानमा चट्याङ्गले हानेर तीन जनाको मृत्यु भएको हो।
सेतो सिमी र बुङको आलु उत्पादनलाई प्रोत्साहन गरिने
ओखलढुङ्गाको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा सेतो सिमी र बुङको आलु उत्पादनलाई प्राथमिकता दिएको छ ।
बाढीले पुल निर्माणमा अवरोध
मनसुन चाँडै सुरु भई खोलामा बाढी आउँदा पूर्वपश्चिम राजमार्ग विस्तार र पुल निर्माणको काममा अवरोध भएको छ । मङ्गलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशका सबै खोलामा पानीको सतह बढेको छ ।
जापानमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या
कामको सिलसिलामा जापान पुगेका एक नेपालीको हृदयाघातले मृत्यु भएको छ ।
खोलाले बगाएर एकको मृत्यु
मोरङको केरावारी –४ स्थित गोगुने खोलाले बगाएर बालकको मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिकाको बजेट ९६ करोड २६ लाख
शिवसताक्षी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ९६ करोड, २६ लाख ८५ हजार ७३५ हजारको बजेट सार्वजनिक गरेको छ ।
चट्याङ लागेर खड्काको मृत्यु
झापाको कमल गाउँपालिका २ समईगढमा मङ्गलवार बिहान खेतमा ट्याक्टरले जोत्ने क्रममा खेतमा उभिई रहेको अवस्थामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको बजेट पाँच अर्ब रुपियाँ
ताप्लेजुङका एक नगरपालिका र आठ गाउँपालिका गरी नौवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि कुल पाँच अर्ब रुपियाँ बजेट सार्वजनिक गरेका छन् ।
नागरिक समाजको धर्ना
सुनसरीको सदरमुकाम इनरुवा नगरपालिकाको शिक्षा र स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै नागरिक समाजले नगरको ध्यानाकर्षण गराउन धर्ना सुरु गरेको छ ।
एमाले इलाम अधिवेशन कात्तिकमा
उप–निर्वाचनका कारण रोकिएको नेकपा (एमाले) इलामको ११ औँ जिल्ला अधिवेशन आगामी कात्तिकमा हुने भएको छ । अधिवेशन आयोजक कमिटीको बैठकले आगामी कात्तिक २९ र ३० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
आठराई त्रिवेणीको बजेट ५० करोड ५४ लाख
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कूल ५० करोड ५४ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
एघार सय शिक्षकले बुझाए दल त्यागको निवेदन
शिक्षा मन्त्रालयको निर्देशनअनुसार इलाममा एक हजार एकसय शिक्षकले आफूहरु कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको भन्दै जिल्लास्थित शिक्षा विकास तथा समन्वय शाखामा निवेदन बुझाएका छन् ।
बजेटको प्राथमिकतामा कृषि र सडक सञ्जाल
मोरङको ग्रामीण क्षेत्रका पालिकाहरूले कृषि र सडकलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।
विराटनगरको बजेट ३ अर्ब ४९ करोड
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ को लागि ३ अर्ब ४९ करोड ९८ लाख रुपियाँको वार्षिक अनुमान नगरसभामा प्रस्तुत गरेको छ ।
कनकाई नगरपालिकाले गाँजा खेती प्रवर्द्धन गर्ने
झापाको कनकाई नगरपालिकाले आफ्नो आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कनकाई नगरपालिका क्षेत्रमा गाँजा खेतीको प्रवर्द्धन र विस्तार गर्ने नीति प्रस्तुत गरेको छ ।