इलाममा हट्दै छ आकाशे पानीमाथिको परनिर्भरता
वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन् ।
जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीयवासी
सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
कटहरी गाउँपालिकाको बजेट पाँच करोड घट्यो
मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि ५० करोड ८२ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण
जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।
प्रधानाध्यापकसहित पदाधिकारीलाई क्षमता विकास तालिम
शैक्षिक गुणस्तर सुधारको योजना बनाइ कार्यान्वयन गर्न लागेको ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रधानाध्यापकसहित व्यवस्थापन समितिका पदाधिकारीका लागि क्षमता तालिम सञ्चालन गरेको छ ।
ताप्लेजुङमा दुई सातापछि मौसम खुल्यो
ताप्लेजुङसहित पूर्वका जिल्लामा मनसुनी वर्षासँगै प्रतिकूल बनेको मौसम एक सातापछि खुलेको छ। निरन्तरको झरी, वर्षा र बादल रोकिएसँगै बिहीबार अपराह्नदेखि मौसम खुलेको हो।
मोरङका शिक्षक दलको सदस्यता त्याग्दै
विभिन्न दलमा आबद्ध शिक्षकले धमाधम आफू सङ्गठित दलबाट राजीनामा दिन थालेका छन् । मोरङको उर्लाबारी, पथरीशनिश्चरे र कानेपोखरीका शिक्षकले राजीनामा दिएको सम्बद्ध पार्टीका पदाधिकारीले जनाएका छन् ।
भोजपुरमा ट्राफिक सप्ताह २०८१ सुरु
भोजपुरमा सचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सप्ताह २०८१ सुरु भएको छ ।
प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो ।
भद्रपुर नगरपालिकाद्वारा करेसाबारी प्रवर्द्धन गर्न किसानलाई सहयोग
भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालु आवमा सहरी क्षेत्र लक्ष्यित करेसाबारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत करेसाबारीमा तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।
प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको बैठक स्थगन
कोशी प्रदेश सभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि स्थगन भएको छ ।
फड्केपुल निर्माण गर्दै स्थानीयवासी
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित सिसाङवा खोलामाथि फड्केपुल निर्माण गर्दै स्थानीयवासी ।
सुकेटारमा तीन सातादेखि उडान ठप्प
ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान ठप्प भएको छ । प्रतिकूल मौसमका कारण एक मात्र नेपाल वायु सेवा निगमको उडान ठप्प भएको हो ।
पहिरोले पाइप बगाएपछि खानेपानीको समस्या
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका बासिन्दाले यतिबेला खानेपानीको समस्या खेप्नुपरेको छ। अविरल वर्षापछि गएको पहिरोले खानेपानीको पाइपसहितका संरचनामा क्षति गरेपछि मामाङ्खेवासीले खानेपानीको समस्या खेप्नुपरेको हो।
दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध
झापामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
झापामा दुई हजार तीन सय परिवार बाढीको जोखिममा
झापाका चार पालिकाहरू बाढीको उच्च जोखिममा रहेका छन्। १५ पालिकामध्ये ४ वटा उच्च र थप अन्य चार पालिका आंशिक जोखिममा रहेका हुन्। जिल्लामा दुई हजार तीन सय घरपरिवार उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति बताएकाे छ।
उर्लाबारी नगरको बजेट ८ करोड ३१ लाखले घट्यो
मोरङको उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ र ०८२ का लागि १ अर्ब ५ करोड १६ लाख ४३ हजार ५ सय रुपियाँको अनुमानित बजेट प्रस्ताव गरेको छ ।
इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण
चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण भएका छन् ।
आयुर्वेद अस्पताललाई प्रतिष्ठानमा विकास गरिने
पर्याप्त मात्रामा भौतिक पूर्वाधार भए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पताललाई कोशी प्रदेश सरकारले कोशी आयुर्वेद प्रतिष्ठानका रूपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यस अस्पताललाई जनशक्ति र आवश्यक उपकरण उपलब्ध गराउने उल्लेख गर्दै प्रतिष्ठानका रूपमा विकास गरिने उल्लेख छ ।
आठ वर्षमा पनि बनेन सभा भवन
उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित पुरानो गाईघाटको हवाई मैदानमा निर्माणाधीन कोशी प्रदेशकै सबैभन्दा ठुलो र सुविधासम्पन्न सभा भवन निर्माणको काम अझै पूरा हुन सकेको छैन । मदन भण्डारी स्मृति सभा भवन तथा अतिथिगृह भनी नाम दिइएको भवन बजेटको अभावमा आठ वर्षमा पनि निर्माण सम्पन्न हुन नसकेको हो ।
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कालोपत्रे हुँदा जनताको खबरदारी
धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारका ६० वर्षीय गणेश बस्नेतको केही दिनयताको दैनिकी तमोर कोरिडोर आसपास नै बित्ने गरेको छ । उहाँ घरको बित्दो कामसमेत थाँती राखेर निर्माणाधीन कोरिडोरमा आउनुहुन्छ र बेलुकीपख मात्र उहाँ घर फर्कनुहुन्छ । यसरी दैनिक घरको काम छाडेर कोरिडोरमा गफिएर दिन बिताउँदा पनि उहाँलाई कुनै ग्लानि छैन, बरु खुसी थपिएको छ । ७८ वर्षीय स्थानीय लोकेन्द्र भण्डारी पनि दैनिक सडक आसपासमै भेटिनुहुन्छ । सडक कालोपत्रे हुँदा अत्यधिक खुसी भएको उहाँ बताउनुहुन्छ । उहाँहरूलाई त्यो खुसी दिएको हो तमोर कोरिडोरमा कालोपत्रे कार्यले । कालोपत्रे सुरु
झापामा वर्षाका कारण पाँच घर विस्थापित, दर्जनौँ डुबानमा
झापामा केहीदिनदेखि परेको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । जिल्लामा ५ घर विस्थापित बनेको र दर्जनौ धर डुवानमा परेका छन् । बिरीङ खोलाको पानी पसी अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नम्बर ६ युवाटोल बस्ने दिपक आचार्य, सिता दुलाल, प्रदिप सिंह र नवीन बराइलीको परिवार बिस्थापित बनेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । विस्थापित स्थानीय केदार श्रेष्ठको खाली घरमा बसेका छन् ।
पहिरोले ८१ घरपरिवार विस्थापित
ताप्लेजुङमा बाढी पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन् । प्रहरीले दिएको विवरण अनुसार पानी पर्न थालेको डेढ साताको अवधिमा विभिन्न समयमा गएको पहिरोले घरपरिवारहरू विस्थापित भएका हुन् ।