• १५ असोज २०८१, मङ्गलबार

खुलेन मेची राजमार्गको इलाम फिदिम सडक

blog

फिदिम २ को रमितेमा गएको पहिरो । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, असोज १५ गते । मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अझै सञ्चालन हुन सकेको छैन ।

राजमार्ग अन्तरगत पाँचथर सदरमुकाम फिदिम बजारदेखि ८ किलोमिटरमाथि रमिते भ्यु टावर नजिकैबाट एक सय पचास मिटर सडक पहिरोले बगाएपछि सडक सञ्चालन गर्न कठिनाइ भएको डिभिजन सडक कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । सडक खुलाउने काम भइरहेको तर पहिरो खस्नेक्रम नरोकिएकाले समस्या भएको उहाँको भनाइ छ । 

मेची राजमार्गकै फिदिम ताप्लेजुङ सडकखण्डमा पर्ने हेवा खोलाको बेलिब्रिज बगेका कारण ताप्लेजुङसहित पाँचथरका हिलिहाङ याङवर र फालेलुङ क्षेत्र सडक सम्पर्क विच्छेद भएका छन् । तत्काल खोलो घट्ने सम्भावना नरहेकाले डाइभर्सन बनाउन पनि कठिनाइ देखिएको छ ।