• ८ मंसिर २०८१, शनिबार

चाडबाडलक्षित अनुगमन

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, असोज १६ गते । चाडबाड नजिकिएसँगै नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरेको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको भन्दै जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन सुरु गरेको हो ।  

व्यापारीले म्याद नाघेका बस्तु बिक्री गर्ने गरेको गुनासो उपभोक्ताबाट आएसँगै नगरउपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा बजार अनुगमन गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन सुरु गरिएको बताइएको छ ।

बजारबाट उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एक रूपता, कानुनी प्रमाण, ४० माइव्रmोनभन्दा कम प्लास्टिकका झोलालगायतका विषयमा एक रूपता ल्याउन अनुगमन सिमितिले मधुवन बजारमा रहेका पसलमा अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीले बताउनुभयो ।  

अनुगमन टोलीले बजारमा रहेका खाद्यान्न किराना पसल, फलफूल पसल, चिसो पदार्थको डिलर, मासु पसलको अनुगमन गरेको थियो । अनुगमनका व्रmममा ४० माइव्रmोनभन्दा कम प्लास्टिकका झोला प्रयोग भएका पसल, म्याद नाघेका सामग्री नष्ट र म्याद नाघेका सामग्री नष्ट गरी त्यस्ता सामग्री बिक्री गर्न राखेका पसललाई जरिबाना गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले खाद्यान्न सामग्रीको नमुना सङ्कलन समेत गरिएको थियो । उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एक रूपता, कानुनी प्रमाणलगायतका विषयमा केन्द्रित रहेर अनुगमन गरिएको अनुगमन समितिका संयोजक वराहक्षेत्र नगरउपप्रमुख नन्दकुमारी सुनुवारले बताउनुभयो ।

नगरपालिकाले उपभोक्ताको अधिकार सुनिश्चितताका लागि बजार अनुगमनलाई तीव्र बनाउँदै आएको छ । नगरले अनुगमन गर्दा चिसो पदार्थ, बिस्कुट, घिउ, कस्मेटिकका सामग्री, स्याम्पु  र नगरपालिकाले प्रतिबन्ध गरेको कालो प्लास्टिक झोला नष्ट गरिएको वराहक्षेत्र नगरपालिकाले जनाएको छ ।  

अनुगमनका क्रममा मिति नाघेका उपभोग्य खाद्यवस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अनुगमन टोलीले बिक्री गर्न राखिएका म्याद नाघेका खाद्यवस्तु राखेका पसललाई जरिबाना तिराएको छ । नगरपालिकामा चाडपर्वका समयमा हुने कालोबजारी र खाद्य सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न बजार अनुगमन गरिएको उपप्रमुख नन्दकुमारी सुनुवारले बताउनुभयो ।