न्यायिक समितिलाई प्रभावकारी बनाइँदै
सुनसरीको रामधुनी नगरपालिकाले न्यायिक समितिलाई प्रभावकारी बनाउँदै लगेको छ । साझेदारी नेपाल सुनसरीको सहजीकरण भएको सरोकारबालासँग न्यायिक समिति कार्यक्रममा रामधुनी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तारा थापाले समितिलाई प्रभावकारी बनाउँदै लगेको बताउनुभयो ।
खोलाले बगाएका मुर्मुको शव भेटियो, एक बालकको खोजी तीव्र
झापाको गौरीगन्ज गाँउपालिकामा कमल खोलाले बगाएर बिहीबारदेखि बेपत्ता भएका लखिराम मुर्मुको शव भेटिएको छ।
कोशीमा १४ प्रतिशत धान रोपियो
अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल
भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका-८, दुम्सिका कमल भुजेल ।
तीन करोड ५७ लाखमा पक्की पुल निर्माण
राउते खोला पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।
जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी
कनकाईको बाढी दुई वर्षअघि बस्तीमा पस्नुअगावै आफूहरू सुरक्षित स्थानमा पुगेको शिवसताक्षी–४ किचकडाँगीका टेकनारायण राजवंशीको स्मृतिमा ताजै छ ।
एसइई परीक्षामा मोरङबाट आठ जनाले प्राप्त गरे ४ जिपिए
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसइई परीक्षामा मोरङ जिल्लाबाट आठ जना विद्यार्थीले उत्कृष्ट नतिजा ४ जिपिए प्राप्त गरेका छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार विराटनगरस्थित एभरेस्ट स्कुलबाट परीक्षा दिएका तीन जना विद्यार्थीहरूले ४ जिपिए ल्याएका छन् । विराटनगरका तीन विद्यालयहरूले ४ जिपिए प्राप्त गर्न सफल भएका छन् भने विराटनगर बाहिर पथरी नगरपालिकाबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको शिक्षा समन्वय इकाई मोरङले जानकारी दिएको छ ।
गाउँका एक्ला अर्गानिक कृषक एमकुमार
उत्पादन बढाउन र रोग किरा नियन्त्रण गर्न भन्दै कृषिजन्य उत्पादनमा विषादीको प्रयोग बर्सेनि बढ्दो छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने विषादी निरुत्साहित गर्न पटक पटक आवाज उठ्ने गरे पनि विषादीको प्रयोग घट्न सकेको छैन । धनकुटाको सहिदभूमि गाउँपालिकाका कृषक एमकुमार राई भने विगत तीन वर्षदेखि अर्गानिक खेतीको अभियानमा लाग्नुभएको छ ।
फरार व्यक्ति तीन वर्षपछि पक्राउ
ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मैवाखोला गाउँपालिका–५ का ५३ वर्षीय फुर्वा दोर्ची शेर्पालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो।
बाढीले पुल र सडकमा क्षति
लगारतको अविरल वर्षा र त्यसपछि आएको बाढीले झापाका विभिन्न स्थानमा भौतिक निर्माणमा ठुलो क्षति पुर्याएको छ। कतिपय ठाउँमा सडक अवरुद्ध तथा आवतजावतमा समेत समस्या हुने गरी पुल, कल्भर्ट र सडक बाढीले भत्काएको छ।
उत्पादन बढाउन किसानलाई कृषि सामग्री वितरण
सुनसरीको वराहक्षेत्र नगरपालिकाले कृषिमा यान्त्रीकरण गरेर उत्पादन बढाउन किसानहरूलाई कृषि सामाग्री वितरण गरेको छ। नगर कृषि शाखाले नगर क्षेत्रका ९८८ जना किसानहरूलाई कृषि सामग्री वितरण गरेको हो ।
स्पर सुरक्षाको तयारी
बर्खासँगै सप्तकोशी नदीको पूर्वी तटबन्ध क्षेत्रमा सम्भावित खतरा रहेका स्परहरुमा माटो, बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको छ ।
खाम्चेलिङमा पहिरो, मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध
पाँचथरको याङवरक-४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्व भएको छ ।
खोलाले बगाउँदा बालक बेपत्ता
झापामा बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएपछि खोजी कार्य तीव्र बनाइएको छ ।
निन्दाखोला किनारमा हात्ती मृत फेला
झापाको मेचीनगरमा बिहीबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । वडा नं. ३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे ग्राउन्ड नजिक मृत अवस्थामा हात्ती फेला परेको हात्ती सूचना केन्द्र बाहुण्डाँगीले जनाएको छ ।
विराटनगर डुबान प्रभावित
मङ्गलबार रातिदेखि सुरु भएको वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । पछिल्लो सात घण्टा विराटनगरमा लगातार भीषण वर्षा भएको थियो । पानीको निकास नहुँदा सहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ ।
आठ सय रोपनीमा बहुबर्से नगदे बिरुवा लगाइँदै
चिचिला गाउँपालिकाबाट गत वर्षसम्म नै कृषकको मागबमोजिम कागती, सुन्तला, एभोकाडोलगायतका बिरुवा बाँडियो । रोजगार सेवा केन्द्रमार्फत बेरोजगार सूचीमा रहेकालाई बर्सेनि न्यूनतम एक सय दिनसम्म रोजगारीसमेत दिइयो ।
दिक्तेल–साप्सुखोला सडकमा श्रमदान
दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् ।
लोप हुँदै धान नाच
धान नाच (याःलाङ) पूर्वी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति समुदाय अन्तर्गत लिम्बू (याक्थुङ) जातिको मौलिक संस्कृति हो । नयाँ पुस्ताले मौलिक संस्कार र संस्कृतिप्रति चासो नदिँदा धान नाच लोप हुँदै गएको छ । नयाँ पुस्ता आधुनिकतामा रमाउन थाल्नाले लिम्बू जाति तथा पुर्बेली समुदायमै लोकप्रिय रहेको धान नाच दिनदिनै लोप हुँदै गएको हो ।
बाढीले सडक जलमग्न
सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सडक ।
पहिरोमा गम्भीर घाइते भएकालाई काठमाडौं लगियो
ओखलढुङ्गाको शेर्ना थुम्कीमा बुधबार विहान गएको पहिरोमा परेर गम्भीर घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
पर्यटनमा भविष्य खोज्दै चौबिसे
भेडेटारबाट पूर्वमा अवस्थित चौबिसे क्षेत्र धनकुटा जिल्लाको एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ । यो क्षेत्र भएर जाने भेडेटार राजारानी रबिराके सडक आसपास दर्जनौँ त्यस्ता स्थान छन् जसले पर्यटक लोभ्याउँछ ।
अवकाशप्राप्त स्वयंसेवकलाई एक लाखसहित सम्मान
महिला सामुदायिक स्वास्थ्य स्वयंसेवकलाई मेचीनगर नगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको छ । नगर कार्यापालिकाको दोस्रो नगरसभाको पाँचौँ अधिवेशन समापनका अवसरमा स्वयम्सेविका तेजमणि मेचेलाई सम्मान गरिएको हो ।
किसानलाई चिया टिप्ने मेसिन वितरण
इलामको सूर्योदय नगरपालिकाले किसानलाई चिया टिप्ने मेसिन वितरण गरेको छ ।