सचिन पोख्रेल
विराटनगर, असोज २२ गते । चाडपर्वका समयमा सीमावर्ती भारतीय बजार जोगबनीमा सर्वसाधारण उपभोक्ताको भिड बढेको अवस्थाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी हुने गरेको छ ।
सीमा सुरक्षाका अतिरिक्त राजस्व चुहावट नियन्त्रणमा परिचालित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सीमा सुरक्षा युनिटकै समन्वयमा जोगबनीबाट व्यापक रूपमा तस्करी हुन थालेको हो ।
भारतीय बजारबाट विशेष गरी कपडाजन्य सामग्रीका साथै चिनी, जिरा, मसला, तेल, काजु, किसमिसलगायतका विभिन्न दैनिक उपभोग्य सामग्री भन्सार छलेर नेपाल भिœयाउने गरेको भेटिएको छ । एकातिर भारतीय सीमावर्ती बजारबाट सेटिङमा तस्करी मौलाउँदै आएको छ भने अर्कोतर्फ सेटिङमा भन्सार छलेर भिœयाइएका सामान राजस्व अनुसन्धानको गस्ती टोलीले बरामद गर्दै आएको छ ।
यस व्रmममा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भारतीय क्षेत्रबाट भन्सार छलेर नेपाल भिœयाइएको करिब ५० लाख रुपियाँ बराबरको कपडा तथा दैनिक उपभोग्य सामग्री बरामद गरेको घटनाबाट पनि अहिले जोगबनी क्षेत्रबाट व्यापक रूपमा तस्करी भइरहेको पुष्टि भएको छ । सो कार्यालयका अनुसार जोगबनी नाकाबाट भन्सार छली ल्याइएका विभिन्न किसिमका कपडाका साथै ठुलो परिमाणमा चिनी, मटर, लेज, कुरमुरेलगायतका सामान टोलीले बरामद गरेको छ ।
भन्सार छलेर पछिल्लो समयमा यस किसिमबाट खुला रूपमा तस्करी मौलाइरहँदा यस्तो तस्करीको घटनामा जोगबनीसंँग जोडिएको नेपालको रानी क्षेत्रमा परिचालित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकै संरक्षण रहेको औद्योगिक नगरी विराटनगरका व्यापारीको गुनासो छ । रानी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सीमा तथा सशस्त्र प्रहरी बलको गुल्मका प्रमुखको संरक्षण र समन्वयमा तस्करी भइरहेको व्यापारीको आरोप छ ।
पछिल्लो समय रानीको चाइना मार्केट क्षेत्रबाट केही व्यापारीले स्थानीय सशस्त्र प्रहरी र जनपथ प्रहरीको सेटिङमा दैनिक रूपमा भन्सार छलेर ल्याइएका विभिन्न कपडा र दैनिक उपभोग्य सामग्री नेपाल भिœयाइरहेको बताइएको छ । स्थानीय सवनम, अकबर, चाँदनी, ओम, गणेश, गुड्डु, विनोद केशरी, सुरेशलगायतका व्यापारीले अनुकूल र सेटिङ मिलाएर भन्सार छलेर ल्याइएका कपडा तथा खाद्यान्न र अन्य उपभोग्य सामान अटोबाट ओसारेर नेपाल भिœयाउने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
यस व्रmममा गत बुधबार बिहान ३ बजेदेखि सेटिङमा सामान तस्करी गरिएको थियो भने शुव्रmबार राति १० बजे र शनिबार बिहान २ बजेदेखि भन्सार छलेर ठुलो परिमाणमा सामान नेपाल भिœयाइएको प्रत्यक्षदर्शीको भनाइ छ । यसरी तस्करी गरेर सामान ल्याउने पार्टीले स्थानीय सशस्त्र प्रहरी र इप्रका युनिटलाई मासिक रूपमा मोटो रकम बुझाउने गरेको आरोप छ ।
राजस्व अनुसन्धान कार्यालयले केही दिनअघि भन्सार छली ल्याइएका ठुलो परिमाणमा विभिन्न ब्राण्डका कपडासहित विराटनगरको कृष्ण टे«डर्सका सञ्चालक सुव्रत देलाई नियन्त्रणमा लिएको थियो । ती व्यापारीसँग पनि राजस्व अनुसन्धानको टोलीले के कसरी र कस्तो सेटिङ र समन्वयमा सामान तस्करी हुन्छ भन्ने विषयमा बयान लिँदा धेरै रहस्य खुलेको बुझिएको छ ।
विशेष गरी इप्रका रानी सीमाका वरिष्ठ प्रहरी नायब निरीक्षक भूपाल राना तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्ट र सशस्त्र प्रहरी निरीक्षक श्रवण खड्काले अवैध रूपमा भन्सार छलेर सामान भिœयाउने करिब चालिस जना व्यवसायी र बिचौलियासँग समन्वय गरी उनीहरूको यस किसिमको अवैध धन्दामा साथ दिइरहेको आरोप छ । यस सम्बन्धमा वरिष्ठ प्रहरी नायब निरीक्षक भूपाल राना तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज विष्टले त्यस किसिमको गतिविधि सीमा क्षेत्रमा नभएको र भएको भए आफूहरूको कुनै संलग्नता नरहेको दाबी गर्नुभयो ।
कोशी प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले सिमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि र तस्करी नियन्त्रणलाई आफूले प्राथमिकता दिएको र जोगबनी नाकाबाट तस्करी भइरहेको भनिएको सूचनाको सन्दर्भलाई लिएर कङ्कालिनी गणका गणपति र गुल्मपतिलाई थप सजग र सचेत रहन निर्देशन दिएको बताउनुभयो ।
जोगबनीलगायतका नाकाबाट अवैध तस्करी हुने गरेको र यसमा विभिन्न निकायको समन्वय रहेको भन्ने गुनासो बढिरहेको सन्दर्भमा आफूहरूले विशेष गरी चाडपर्वको समयमा सिमावर्ती क्षेत्रबाट भन्सार छलेर सामान अवैध रूपमा भित्रिन सक्ने विषयलाई दृष्टिगत गरी व्यापक रूपमा रात्रि गस्तीसमेत परिचालन गरिरहेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत उत्तमकुमार घिमिरेको भनाइ छ ।