शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शशिधर पराजुली
विराटनगर, चैत २६ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी ९१ वर्षीय आमा जानुकादेवी कार्कीको गएराति निधन भएको हो । झापा गौरदह नगरपालिकास्थित निवासमै उहाँको निधन भएको हो ।
एक महिना अगाडि लढेर खुट्टा भाँचिएपछि उहाँ बिरामी पर्नुभएको थियो । विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा खुट्टाको शल्यक्रिया गरिएको थियो र उहाँमा थप स्वास्थ्य समस्या बढ्दै गएकोले केही दिनअघि घर लगिएको थियो ।
स्वर्गीय कार्कीको दुई छोरा हुनुहुन्छ। मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुनुहुन्छ । उहाँका पाँच जना छोरीहरु हुनुहुन्छ । मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गर्नुभएको छ ।