• ८ मंसिर २०८१, शनिबार

पर्यटकीय गन्तव्य बन्दै सूर्यकुण्ड

blog

पर्यटकीय क्षेत्र सूर्यकुण्ड । तस्बिर :बाबुराम कार्की

बाबुराम कार्की 

वराहक्षेत्र, कात्तिक ७ गते  । चतरा बजारबाट उत्तर र धरान बजारबाट पश्चिमउत्तर उक्लिएपछि पुगिने वराहक्षेत्र नगरको पहाडी क्षेत्रमा रहेको सूर्यकुण्ड पछिल्लो समय हाइकिङ, ट्रेकिङलगायत पर्यटकीय स्थलको गन्तव्य बन्दै गएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महìव बोकेको सूर्यकुण्ड पहाडी र ग्रामीण वातावरणमा मज्जाले रमाउन सकिने स्थानका रूपमा समेत परिचित बन्दै गएको हो । 

सूर्यकुण्डबाट देखिने सप्तकोशी नदी, कोकाहा खोला, चतरा बजार, हरियाली डाँडा, पाखा छहराको मनोरम दृश्यले धेरैको मन लोभ्याउँदै आएको छ । पछिल्लो समय सूर्यकुण्ड सुनसरी, सप्तरी, मोरङ र झापाका आन्तरिक पर्यटकको राम्रो गन्तव्य बन्दै गइरहेको छ । 

तराईको उखरमाउलो गर्मी छल्न छोटो दुरीमै पुग्न सकिने सूर्यकुण्डमा धरान, चतरा, झुम्का, इटहरीलगायतका स्थानबाट ठुलो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा छिनमै लाग्ने कुहिरो र बादल तथा छिनमै खुल्ने पर्यावरणले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ । 

पूर्वी नेपालमा अवस्थित पर्यटकीय क्षेत्र भेडेटार बिर्साउन सक्ने सूर्यकुण्ड पुग्न चतराको देवीथान र भण्डारीटारबाट नागबेली कच्ची घुम्ती सडक र धरानको मङ्गलबारे हँुदै माछामाराको कच्ची सडक भएर पुग्न सकिन्छ । धनकुटाको आहाले र धरानको विष्णुपादुकासँग जोडिएको वराहक्षेत्र नगरपालिका–१ मा अवस्थित सूर्यकुण्ड साना भ्यान, अटो र मोटरसाइकलबाट सहज रूपमा पुग्न सकिन्छ । 

तत्कालीन समयमा कोचे राज्य र विजयपुर राज्य अन्तर्गत पर्ने सूर्यकुण्ड धार्मिक, सांस्कृतिक, ऐतिहासिक मात्रै नभई साहित्यिक हिसाबले पनि उत्तिकै लोकप्रिय मानिन्छ । मुकुन्द सेन राजाले आव्रmमण गरेपछि सेन वंशीय राजाहरूले सूर्यकुण्ड क्षेत्रमा राज्य चलाएका स्थानीय कवि प्रह्लाद पहरेदार बताउनुहुन्छ । उहाँका अनुुुसार धार्मिक दृष्टिले कुण्ड रहेको र धार्मिक मत अनुसार देवता र अप्सरा स्नान गर्न र व्रिmडास्थलका रूपमा रहेको भनेर उल्लेख गरिएको सूर्यकुण्ड प्राकृतिक मनोरम विचरणका लागि उपयुक्त स्थलका रूपमा लिइन्छ । 

विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ उपन्यासमा समेत सूर्यकुण्ड क्षेत्रको महìव र महिमाबारे उल्लेख गरिएको छ । आदिवासी, जनजाति, किराँती युवती र खस, आर्य युवाको प्रेम सम्बन्ध, अन्तर्जातीय विवाह, सूर्यकुण्डको परिवेश, परम्परा, संस्कृतिलाई विषयवस्तु समेटेको नेपाली साहित्यको बहुचर्चित उपन्यास सुम्निमाले सूर्यकुण्ड र चतराको महिमा उजागर गरेको छ ।

स्थानीय अर्जुन कुलङका अनुसार सूर्यकुण्डमा किराँत जातिको कला, संस्कृति, जीवनशैलीले पुख्र्याैली परम्परालाई जीवन्त रूपमा देख्न पाइन्छ । उँधौली उँभौली पर्वमा यहाँ लाग्ने मेलाले सूर्यकुण्डमा रौनकता थप्ने गरेको छ । 

प्राकृतिक सुन्दरतासँगै सूर्यकुण्ड ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले पनि महìवपूर्ण छ । सो स्थानमा राणा प्रधानमन्त्री जङ्गबहादुरले रोपेको पिपलको रुख, आदि वराह सूर्यकुण्ड, भवानीथान, गुप्तेश्वर मन्दिर  ऐतिहासिक र धार्मिक महत्वका स्थलहरू रहेका छन् । सूर्यकुण्ड क्षेत्र सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा कृषिको उर्वर भूमिका रूपमा समेत सम्भावना बोकेको क्षेत्र हो । 

तराईबाट छोटो दुरीमा रहेको सूर्यकुण्ड पुग्दा चिसो मौसम, अर्गानिक ठाउँ र वातावरणका कारण धेरैको आकर्षणको केन्द्र बनेको छ । धार्मिक रूपमा पनि देवीदेवता सूर्यकुण्ड स्नान गर्न आउने मान्यता, आदिवराहको मन्दिर, भवानी थान जस्ता धार्मिक स्थलले सूर्यकुण्डको महìवलाई थप उजागर गरेको कवि प्रह्लाद पहरेदार बताउनुहुन्छ । 

पर्यटनको प्रचुर सम्भावना बोकेको सूर्यकुण्डको थप विकासका लागि प्रचारप्रसारका साथै भौतिक विकासका काम हुनुपर्ने स्थानीय अर्जुन कुलुङ बताउनुहुन्छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिकका साथै भौगोलिक हिसाबले अत्यन्तै उर्वर र फराकिलो सम्भावना बोकेको यस क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गर्दै प्रवर्धन गर्न सके यस क्षेत्रकै विकास हुने थियो ।