• १० कात्तिक २०८१, शनिबार

जग्गा विवादमा एकको हत्या

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन ७ गते । जग्गा सम्बन्धी विषयलाई लिएर भएको विवादका कारण झापाको दमकमा एक युवाको ज्यान गएको छ । झापाको दमक वडा नं. ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको ढुङ्गा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दमक नगरपालिका वडा नं. ३ मा जग्गाको  निहुँमा दुई पक्षबिच मङ्गलवार साँझ झडप भएको प्रहरीको भनाई छ । झडपमा ढुङ्गा लागेर गम्भीर घाइते बन्नु भएको निरौलालाई उपचारका लागि आम्दा अस्पताल दमकमा ल्याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त घटनामा संलग्नहरूको खोजी कार्य तीव्र बनाइएको र केही शङ्कास्पद ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । पक्राउ परेकाहरुको पहिचान खुलाइएको छैन । घटनास्थलमा रहेका केही ब्याक्तिहरुलाई पक्राउ गरिएको प्रहरी श्रोतको भनाई छ ।