• १९ असोज २०८१, शनिबार

पिकअपको ठक्करबाट एक जनाको मृत्यु

blog

कोकिला भण्डारी
धनकुटा, असोज १९ गते । 
सहिदभूमि गाउँपालिकामा पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

धनकुटाको हिले खोकु सडक खण्डमा पर्ने सहिदभूमि गाउँपालिका वडा नं–४, नासपती चौकमा पिकअपको ठक्करबाट २३ वर्षीय लुरे विक भनिने टाइजन विकको मृत्यु भएको हो । 

शुक्रबार राति ९ः३० बजेतिर थलथलेबाट खोकुतर्फ जाँदै गरेको को १ ज ३११८ नम्बरको पिकअपले ठक्कर दिँदा विकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्ताङ्गका इन्स्पेक्टर विष्णुबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार दुर्घटना गराउने सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

पोष्टमार्टमका लागि शव जिल्ला पठाउने तयारी हुँदै गरेको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो ।