• १९ असोज २०८१, शनिबार

झुन्डिएको अवस्थामा शव फेला

blog

कोकिला भण्डारी

धनकुटा, असोज १९ गते । छथरजोरपाटी गाउँपालिकामा झुन्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव छथरजोरपाटी गाउँपालिका–१ हातिखर्क बस्ने वर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

मृतक लिम्बुको घरदेखि तीन किलोमिटर पर सिरूटार भिरको खोल्सोमा झुन्डिएको अवस्थामा सो शव रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ताले बताउनुभयो ।

मृतक लिम्बु असोज १३ गते घरबाट हराएको र खोजी गर्दा शुक्रबार झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको आफन्तले बताएका छन् ।