• ११ असोज २०८१, शुक्रबार

झापा–११ लाई हराउँदै ब्रिगेड ब्याइज फाइनलमा

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : हरि कोइराला

उर्लाबारी समाचारदाता

उर्लाबारी, असोज १० गते । ललितपुरको ब्रिगेड ब्याइज क्लब मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा ब्रिगेडले झापा–११ लाई सडन डेथमा हरायो । निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको थियो । 

टाइब्रेकरमा दुवै टिमका खेलाडीले ४–४ गोल गरेपछि सडन डेथमा झापाका सौभाग्य राईको प्रहार ब्रिगेड ब्याइजका रुविन बोगटीले बचाउँदै टिमलाई फाइनलमा लाग्नुभयो । 

ब्रिगेडका दिवाकर चौधरीले म्यान अफ दि म्याच घोषित हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पाउनुभयो । बिग्रेड ब्याइजले शनिबार उपाधिका लागिसङ्कटा क्लबसँग खेल्नेछ । 

पथरी–११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछ ।