• १२ पुस २०८२, शनिबार

ट्याक्टरको ठक्करबाट दुई वर्षकी बालिकाको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, पुस १२ गते । सर्लाहीको हरिपुर्वामा शनिबार मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । 

हरिपुर्वा नगरपालिका–६, हरिपुर्वा पोखरी नजिक मधेश प्रदेश ०३–००१ त ८७०४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय अफरोज साह फकिरकी छोरी दुई वर्षकी सोहानी साह फकिरको मृत्यु भएको हो । 

बालिकालाई बाटो काट्ने क्रममा इँटा लोड गरिएको ट्याक्टरले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताउनुभयो । 

बालिकालाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।