• ८ मंसिर २०८१, शनिबार

जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

blog

हरि काेइराला

उर्लाबारी, भदौ ३१ गते । मोरङको मिक्लाजुङ-१ गुरधुममा जङ्गली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् । आइतबार साँझ जङ्गलबाट ल्याएको विषालु च्याउको तरकारी खाएपछि गङ्गा राईको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।

बिरामी हुनेहरूमा गङ्गा राईकी पत्नी ५८ वर्षीया बलमाया राई, उहाँका छोराहरू २५ वर्षीय सुजन र १८ वर्षीय कुमार, तथा बुहारी २४ वर्षीया मञ्जु राई रहेका छन्। बिरामी परेका चारै जनालाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पतालमा पुर्‍याइएको छ । 

रातको १२ बजे अस्पताल पुर्‍याइएका बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको वडा नम्बर १ का वडाध्यक्ष पर्वत राईले बताउनुभयो । स्थानीय दीपक राईले उनीहरूलाई अस्पताल पुर्‍याएका हुन् । 

चिकित्सकहरूका अनुसार बिरामीहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूलाई विषाक्त च्याउका कारण पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिएको हो ।