बाहिनिपति ट्रफि खेलकुद प्रतियोगिता सुरु
उदयपुरको सदरमुकाम गाईघाटमा बाहिनिपति ट्रफि २०८१ खेलकुद प्रतियोगिता सुरु भएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा भुल्केको आयोजनामा त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रङ्गशालामा विभिन्न विधामा सोमवारदेखि खेलकुद प्रतियोगिता सुरु भएको हो ।
प्रधानमन्त्रीद्वारा अरुण तेस्रोको ‘ब्रेक थ्रु’ गरिने
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ मङ्गलबार छिचोलिने ‘ब्रेक थ्रु’ गरिने भएको छ ।
पर्यटकीय गन्तव्यका लागि झोलुङ्गे पुल
इलाम नगरपालिका त्यसैपनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे इतिहास यही नगरपालिकामा छ । नेपालको सबैभन्दा पुरानो कृषि कारखाना अर्थात् चिया उद्योग वि.सं. १९३५ मा स्थापना भएको चिया कारखाना पनि इलाम नगरपालिकामै छ ।
निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त
तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् ।
बालिकाको शङ्कास्पद मृत्यु, प्रहरीलाई जानकारी नदिई दाहसंस्कार
सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो ।
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज
कोशी प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दैछ ।
चरा संरक्षणमा बालबालिका
सुनसरीको चतरास्थित जब्दीका स्थानीय बालबालिका हप्ताको एक दिन चरा अवलोकन गर्दै आएका छन् । उनीहरूले स्थानीय ठाउँमा पाइने चरादेखि पाहुना चराको अवलोकन गरी संरक्षणमा सहयोग पु-याउँदै आएका हुन् ।
‘बाह्रै महिना निःशुल्क औषधी उपलब्ध छ’
सुनसरी जिल्लाका १२ स्थानीय तहमध्ये भारतको सीमासँग जोडिएको गाउँपालिका बर्जु गाउँपालिका हो । यहाँ छ वटा वडा र ३६ हजार २४९ जनसङ्ख्या रहेको छ । यो द्वापर युगको महाभारतको कथासँगको सन्दर्भ जोडिएको ऐतिहासिक स्थल तथा
पैँसट्ठी वटा हात्ती एकैसाथ नेपाल छिरेपछि
नेपाल–भारत सीमा झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा शनिबार राति ६५ वटाभन्दा बढी हात्ती नेपाल प्रवेश गरेर एउटाबाहेक अरू बिहान भारत नै फर्केका छन् । हात्ती सूचना केन्द्र बाहुनडाँगीका अनुसार मेचीनगर नगरपालिका–४ को प्रसादगौँडामा ६५ वटा हात्ती देखिएका हुन् ।
ताप्लेजुङका स्थानीय तहले साढे तीन अर्ब पाउने
ताप्लेजुङका स्थानीय तहले करिब साढे तीन अर्ब रुपियाँ बजेट पाउने भएका छन्। आगामी आर्थिक वर्ष २०८१/८२ मा अन्तर सरकारी वित्तीय हस्तातरणअन्तर्गत यहाँका स्थानीय तहले तीन अर्ब ४९ करोड ८६ लाख रुपियाँ अनुदान रकम पाउने भएका हुन्।
शैक्षिक अवस्था सुधार्न साझा सङ्कल्प
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न साझा सङ्कल्प गरेको छ । सामुदायिक विद्यालयको खस्कँदै गएको शैक्षिक अवस्थालाई दृष्टिगत गरी बृहत् शैक्षिक सम्मेलनको आयोजना गर्दै गाउँपालिकाले हालको शैक्षिक अवस्थालाई सुधार्न साझा सङ्कल्प गरेको हो ।
दुर्घटनामा एकको मृत्यु
झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सूर्योदयका सबै वडा जोड्दै ‘अलवेदर’ सडक
देशमा संघीयता कार्यान्वयनसँगै गठन भएको स्थानीय सरकारले थालेका कामको थोरै भएपनि परिणाम आउन थालेको छ ।
'वातावरण मैत्री पूर्वाधार विकास गर्छौैं'
कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री गणेशप्रसाद उप्रेतीले विभिन्न ठुला तथा साना पूर्वाधार निर्माण गर्दा मासिएका बोटविरुवा तथा रुखहरुको विकल्पमा वृक्षारोपण हुनुपर्ने बताउनुभएको छ ।
किसानलाई मकै थन्क्याउने चटारो
अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई मकै भाच्न भ्याइनभ्याइ हुन थालेको छ ।वैशाख सकिएसँगै मकै भाच्न सुरु गरेका किसान हरुलाई पाकेको अगौटे मकै भित्र्याउन चटारो परेको छ ।
राजमार्ग कालोपत्रे आयोजनाले गति लियो
नेपाल, भारत र चीन जोड्ने त्रिदेशीय कोशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको सडकखण्ड कालोपत्रे आयोजनाले गति लिएको छ । निर्माण कम्पनी शर्मा शिवशक्ति जेभी अन्तर्गत शर्मा निर्माण सेवाले सडक कालोपत्रेको जिम्मा लिएको छ ।
सुनसरीबाट एक करोड एक लाखसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
दुग्ध किसानको समस्या तीन महिनामा समाधान हुन्छ : कृषि मन्त्री शाह
कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी शाहले देशका दुग्ध किसान र व्यावसायीको समस्या अबको तीन महिनाभित्र हल गर्ने बताउनुभएको छ।
इतिहास अभिलेखिकरण गर्न सांस्कृतिक महोत्सव
फालेलुङ वाङ्मय प्रतिष्ठानद्वारा आयोजित दुई दिवसीय वहु धार्मिक र बहु भाषिक साहित्य, सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। पाँचथरको फालेलुङ गाउँपालिका ३ नाम्लुवा भञ्ज्याङमा आयोजित दुई दिवसीय महोत्सव शनिबार सम्पन्न भएको हो।
दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह
कृषि, पशुपन्क्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ ।
ओखलढुङ्गाका किसानलाई चौरी
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका चौरी पालक किसानलाई चौरी हस्तान्तरण गरिएको छ । चौरी पालन गर्ने ११ जना कृषकलाई ९५ वटा चौरी हस्तान्तरण गरिएको हो ।
दीपिका र सिद्धार्थलाई उत्कृष्ट खेलाडी अवार्ड
धरान खेलकुद मञ्चले शुक्रबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक करातेको कोच किरण लामालाई उत्कृष्ट प्रशिक्षक अवार्ड २०८० बाट सम्मान गरिएको हो ।
पानी किनेर संरचना निर्माण गर्नुपर्ने बाध्यता
सुक्खाग्रस्त क्षेत्र मानिने खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा संरचना निर्माण गर्न पानी खरिद गर्नुपर्ने बाध्यता छ । नगरपालिकाभित्र निर्माण भइरहेका विभिन्न संरचना पानी खरिद गरेर निर्माण गर्ने गरिएको छ ।
करफोकमा ‘कुहिरो बेच्ने’ प्रयास
इलामको करफोक हरियालीभित्र हुस्सु र कुहिरोले ढाकिरहने ठाउँ हो । तराईको अचाक्ली गर्मी छल्न आउनेका लागि करफोक क्षेत्र प्राकृतिक ‘एयर कन्डिसन’ बन्ने गर्छ । धुपी घारीको बिचमा सजिएको करफोकमा कुहिरोभित्र लुका