• २५ पुस २०८१, बिहिबार

चम्पादेवी ककनी मन्दिर पहिरोले बगायो

blog

शेरबहादुर राई

ओखलढुङ्गा, भदौ ६ गते । अविरल वर्षासँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चम्पादेवीको मन्दिर पहिरोले बगाएको हो । 

मन्दिरभन्दा माथिबाट आएको पहिरोले पूर्ण रूपमा ककनीको मन्दिर बगाएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताउनुभयो । केही साताअघिको पहिरोले सामान्य क्षति गरेको भएपनि बुधबार राति आएको पहिरोले मन्दिर पूर्ण रूपमा बगाएको अध्यक्ष केसीको भनाइ छ । 

पुरातात्त्विक महत्त्व बोकेको र यस क्षेत्रकै प्रसिद्ध धार्मिकस्थल भएकाले यसको पुन निर्माण गरिने उहाँको बताउनुभयो । गाउँपालिकाले मात्र पुनः निर्माण गर्न नसकिने भएकाले प्रदेश र सङ्घ सरकारसँग समन्वय गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो । हरेक वर्षको ठुली एकादशीमा यहाँ मेला लाग्छ । दर्शनार्थीहरुले शक्ति पिठका रूपमा यहाँ पूजाआजा गर्ने गर्दछन् ।