• २२ असार २०८२, आइतबार

कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग

blog

ज्ञानु पंगेनी

मध्यविन्दु,  असार २२ गते। नवलपरासी पूर्व (नवलपुरको) कावासोती–१५ मा प्रहरी चौकी स्थापना गर्न स्थानीयले माग गरेका छन् ।

यस क्षेत्रमा मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा प्रहरी चौकीले हेर्दै आएको छ।गाउँघरमा कुनै घटना भए प्रहरी चौकीबाट आउन निकै समय लाग्ने हुँदा पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना भएमा सहज हुने स्थानीयले बताएका छन्।

कावासोती १५ का वडा सदस्य समेत रहनुभएका शिवप्रसाद काफ्लेले कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्नु एकदमै आवश्यकता भएको बताउनुभयो ।

कावासोती १५ का वडा अध्यक्ष तेजकुमार श्रेष्ठले गाउँको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापनाको खाँचो  रहेको बताउनुभयो।

कावासोती १५ मा प्रहरी चौकी स्थापना भएमा कावासोती १७ र १४ को केही क्षेत्रमा समेत पायक पर्ने हुँदा प्रहरी चौकी स्थापनाका आवश्यक रहेको स्थानीय गीता विकले बताउनुभयो।

कावासोती १५ र १७ कोल्हुवा  प्रहरी चौकीको कार्यक्षेत्र हो। यो क्षेत्र ग्रामीण क्षेत्र भएको हुँदा घटना पनि धेरै  हुने कतिपय घटना रोक्न खोज्दा मिलाउन खोज्दा आफैँलाई जोखिम समेत हुने अवस्था रहेको भन्दै प्रहरी चौकी स्थापना हुनसके यस क्षेत्रमा सुरक्षाको अनुभूत गर्न सकिने विकले बताउनुभयो।