सामुदायिक विद्यालयमा सहयोग शुल्क उठाउन बन्द
झापाको दमक नगरपालिकाले आधारभूत तह अर्थात् कक्षा ५ सम्म सामुदायिक विद्यालयका विद्यार्थीहरूले कुनैपनि शीर्षकमा विद्यालयलाई रकम बुझाउनु नपर्ने भएको छ ।
कृषि जनशक्ति उत्पादनमा सघाउँदै पर्वतका पालिका
कृषिलाई व्यावसायिक बनाउन तथा दक्ष कृषि जनशक्ति उत्पादनमा प्रेरित गर्ने उद्देश्यले पर्वतका विभिन्न स्थानीय तहले माध्यमिक तहका विद्यार्थीलाई कृषि कर्ममा लगाउन थालेका छन् । जिल्लाको मोदी गाउँपालिका र पैंयु गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम थालेका हुन् ।
शिक्षकलाई राजनीतिबाट निकाल्न निर्मम हुन्छु: मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम भएर लाग्ने बताउनुभयो । देशको भविष्य बोक्ने बालबालिकाको शिक्षा माथि खेलबाड गर्दै शिक्षकहरू राजनीति गरेर हिँड्दा देशैकै शैक्षिक स्तर डामाडोल भएकोले आफूले निर्मम भएर लाग्ने र सबैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
पच्चिस प्रतिशत पनि भएनन् उत्तीर्ण
कैलालीको भजनी नगरपालिकामा सामुदायिक विद्यालयहरूको कक्षा ८ (आधारभूत तह) को नतिजा निराशाजनक देखिएको छ । सो पालिकामा २०८० सालको नतिजा विगत वर्षको तुलनामा निराशाजनक देखिएको हो । यस नगरपालिकामा २३ विद्यालयबाट जम्मा ७८९ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये १८९ जना (२३.९५ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दुई विद्यालय शून्य भएका छन् । अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये छ सय विद्यार्थीले कक्षा ८ पास गर्न सकेनन् । फेल भएकामध्ये १४४ जनाले गे्रड वृद्धिको अवसर पाएका छन् । नगरपालिकाको कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पचमुडियाबाट ४८ विद्यार्थी परीक्षामा सहभागी भएकामा कोही पनि पास हुन सकेनन् ।
विद्यालयका नाम नेपालीमा राख्ने पहल, सम्पर्कमा आउँदै विद्यालय
नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ । कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन् । तीमध्ये ३२४ वटा विद्यालयको नाम अङ्ग्रेजीमा राखिएका छन् । अङ्ग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ ।
सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा
गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेको छ ।
नार्पाभूमिमा अझै पुगेन पाठ्यपुस्तक
चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन् । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।
अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय
सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्सेनि विद्यार्थी बढेका बढ्यै छन् ।
विद्यार्थीका लागि पूरक परीक्षाको तयारी
अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने तयारी थालिएको हो ।
उत्कृष्ट विद्यार्थीले थेसिस लेखनमा आर्थिक सहयोग पाउने
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखनमा आर्थिक सहयोग पाउने भएका छन् ।
पदस्थापन नहुँदा शिक्षक अलपत्र
शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन् ।
विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास नहुने
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ ।
जनप्रभात माविलाई दूतावासद्वारा बस प्रदान
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ मा रहेको जनप्रभात मावि सेरावाडाले बस सेवा सञ्चालन गर्ने भएको छ ।
नेपालगन्जबाट ९ करोड बढीको पाठ्यपुस्तक बिक्री
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि चैत मसान्तसम्म नेपालगन्ज कार्यालयबाट नौं करोड ६३ लाख ४८ हजार ७६४ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकेको जानकारी दिनुभयो ।
विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन आग्रह
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ।
विद्यार्थी भर्ना अभियान सुरु, कक्षा १ मा छ लाख भर्ना गरिने
चालु शैक्षिक सत्रमा कक्षा १ मा करिब छ लाख नयाँ विद्यार्थी भर्ना हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको तथ्याङ्क अनुसार ती बालबालिकामध्ये प्रारम्भिक बाल विकास केन्द्रको अनुभव हासिल गरेका बालबालिका करिब ७० प्रतिशत छन् । केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार पाँच वर्ष उमेर पूरा भएका बालबालिकाको सङ्ख्या पाँच लाख ८२ हजार छ । विद्यालय जाने उमेर पूरा भएर पनि विविध कारणले विद्यालयबाहिर रहेका बालबालिकाको सङ्ख्या भने दुई लाख १३ हजार छ । ती बालबालिकामध्ये केही विगतमा भर्ना भएर पनि पढाइ छाडेका तथा केही भर्ना नै नभएका हुन् ।
भर्ना अभियान सुरु : चार प्रतिशत बालबालिका विद्यालय बाहिर
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय अभियान आइतबारबाट सुरु भएको छ। ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तीको सुनिश्चितता’ भन्ने संकल्पका साथ भर्ना अभियान सुरु भएको हो।
आजदेखि विद्यार्थी भर्ना अभियान सुरु
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ शैक्षिकसत्र–२०८१ का विद्यार्थी भर्ना अभियान सोमबारदेखि देशभर सुरु भएको छ ।
भर्नाकै दिन किताब पाएपछि विद्यार्थी दङ्ग
विद्यालय सञ्चालन भएको छ महिनासम्म पनि किताब नपाउने बाजुराका विद्यार्थीहरुले यो वर्ष भने भर्नाकै दिनमा किताब पाएका छन् ।
बिर्तामोडमा एक महिला मृत फेला
झापाको बिर्तामोड नगरपालिका – १ स्थितअदुवा पुल नजिकै शनिवार राती ९ बजेको समयमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।
शैक्षिक सत्र सुरु: बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।
सामुदायिक विद्यालयको नतिजा कमजोर
प्युठानका सामुदायिक विद्यालयको शैक्षिक स्थिति कमजोर देखिएको छ । कक्षा ८ को हालै प्रकाशित परीक्षाको नतिजाले जिल्लाका धेरै जसो विद्यालयको अवस्था नाजुक देखाएको हो । परीक्षामा सहभागी भएका सामुदायिक र निजी १३८ विद्यालयका पाँच हजार ३७३ जना विद्यार्थीमध्ये जम्मा एक हजार ७५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन् । प्राप्त नतिजाको विवरण अनुसार विद्यार्थीको सिकाइ उपलब्धि ३३ प्रतिशत पनि नाघेको छैन ।
प्रवासमा नेपाल पढाउने टेक्सास पाठशाला
अमेरिकाको टेक्सास स्टेटमा नेपाली समाज टेक्सासले ग्लोबल नेपाली भाषा पाठशाला सञ्चालन गरेर प्रवासमा रहेका नेपाली युवालाई नेपाली भाषा संस्कृतिको ज्ञान प्रदान गरी नेपाल फर्काउने अभियान सञ्चालन गरेको छ ।
कान्छी शिक्षिकाहरू भन्नुहुन्छ –विदेश होइन स्वदेशमै मेहनत गर्नुपर्छ
सुष्मिता रानाभाट र अञ्जना भण्डारीले तनहुँको कान्छी स्थायी शिक्षक भनेर अहिले सामाजिक सञ्जालदेखि समाजसम्म चर्चा कमाइरहनु भएको छ ।