काभ्रेको २५ सामुदायिक विद्यालय बन्द
काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन् ।
दश जिल्लाका १३ विद्यालयलाई नमुनाका रूपमा विकास गरिने
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने भएको छ ।
‘दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रको सुधार हुन सक्दैन’
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालयहरूमा दलीय राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षामा सुधार हुन नसक्ने बताउनुभएको छ ।
नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु
ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको छ । नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साताअघि नै सामुदायिक विद्यालयका पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको हो ।
शैक्षिक सत्र अगावै आइपुगे जिल्लामा पाठ्यपुस्तक
आगामी शैक्षिक सत्र सुरु हुनुअगावै तनहुँमा पाठ्यपुस्तक आउने भएको छ । शैक्षिक सत्र २०८१ सुरु हुनुपूर्व जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन लागिएको जिल्लास्थित पुस्तक व्यवसायी महासङ्घले जनाएको छ ।
पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध
पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
डोकोमा बोकेर पाठ्यपुस्तक लगिँदै
नयाँ शैक्षिकसत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाकेर गाउँ लैजाँदै विक्रेता
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उहाँले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसक्नुभएको छ । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लाग्नुभएको छ ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : स्थानीय तहलाई जिम्मा दिनुपर्छ
चालू आर्थिक वर्षका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगन भएको छ । विगत पाँच वर्षदेखि सञ्चालन हुँदैआएको यो कार्यक्रम आर्थिकअभाव र विद्यालय छनौटमा ढिलाइ भएका कारण स्थगन भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
बाजुरामा शैक्षिकसत्रअगावै पुग्यो पाठ्यपुस्तक
नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।
क्षेत्रपाल माविले मनायो स्वर्ण महोत्सव
लिखु गाउँपालिका चौघडाको क्षेत्रपाल माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । माध्यमिक तह स्थापनाको स्वर्ण महोत्सवलाई पूर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको थियो ।
जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा
देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।
पक्राउ पर्नेबित्तिकै अस्पताल भर्ना हुने प्रवृत्ति बढ्यो, कार्यविधि बनाउँदै काउन्सिल
प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो । गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ पर्नुभएका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना हुनुभएको थियो । सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उहाँलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुनेबित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पु¥याउने शिक्षा अध्यापन गराउनुपर्ने बताउनुभएको छ ।
५० वर्षमा एसइई दिँदै वडाध्यक्ष
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनुभएको छ।
६२ वर्षीय वृद्ध एसइईमा सहभागी
गुल्मीबाट ६२ वर्षीय एक वृद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनुभएको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर-६, पुर्कोट दहका टीकाबहादुर कुँवर एसइईमा सहभागी हुनुभएको हो ।
बाह्र वर्षमै एसइई दिँदै पर्वतका छात्र
सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।
ताप्लेजुङ पुग्यो सामुदायिक विद्यालयको पाठ्यपुस्तक
हिमाली जिल्ला ताप्लेजुङमा सामुदायिक विद्यालयका पाठ्यपुस्तक आइपुगेको छ। जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक शुक्रबार आइपुगेको हो।
सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण
विपन्न आदिवासी जनजातीहरुको बाहुल्यता रहेको झापाको गौरीगन्ज गाँउपालिकाले छात्राहरुलाई साइकल वितरण गरेको छ ।
म्याग्दीमा भित्रियो १६ हजार सेट पाठ्यपुस्तक
आगामी वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र २०८१ का लागि म्याग्दीमा करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् ।
कतै आमाछोरा कतै सुत्केरी परीक्षार्थी
बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट छ जना दृष्टिविहीन र १६ जना सुस्तश्रवण विद्यार्थीले परीक्षा दिएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अमरसिंह माविका पाँच जना र खुलातर्फ एक जना गरी छ जना दृष्टिविहीनले पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएको जानकारी दिनुभयो । उनीहरूले आफ्नै विद्यालय अमरसिंह मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका हुन् । उहाँका अनुसार सिर्जना मावि लेखनाथका १६ जना सुस्तश्रवण भएका विद्यार्थीले लक्ष्मी मावि लेखनाथबाट परीक्षा दिएका छन् ।
व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय
विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ ।