• ३१ वैशाख २०८१, सोमबार

कर्णाली सरकार र मध्यपश्चिम विश्व विद्यालयबिच सम्झौता

blog

विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल र प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलबीच सम्झौता गरिँदै । तस्बिर : रजनी योगी

रजनी योगी 

सुर्खेत, वैशाख १६ गते । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबिच नीति निर्माण तथा अध्ययन अनुसन्धान सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री यामलाल कँडेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरसिंह रानाको उपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेल र प्रदेश सरकारका प्रमुख सचिव चूडामणि पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

विश्व विद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत नीति, अनुसन्धान, विश्लेषण, मुल्याङ्कन, परिमार्जन, परीक्षण, बहस, पैरवी तथा सिफारिस प्रयोजनका लागि पारस्परिक हितको सिद्धान्तमा आधारित भई आपसी सहकार्य तथा सहयोगको आदानप्रदान गर्ने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता हस्ताक्षरको मितिदेखि पाँच वर्षसम्म यो सम्झौताको अवधि रहेको छ भने आपसी समझदारीमा पुनःनवीकरण गर्न सकिने छ । कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेलले सम्झौता बमोजिमको कार्यहरू अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । विश्वविद्यालयका उपकुलपति रानाले सम्झौता पश्चात् कर्णाली प्रदेशको समग्र नीति तथा अनुसन्धानको क्षेत्रमा अपेक्षित कार्यहरू हुने जानकारी दिनुभयो ।