विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
धनुषाको धनुषाधाम नगरपालिका –४, रामपुरमा १५० विपन्न परिवार झुल र ८० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
मनाङका विद्यालय आइतबार पनि सञ्चालन
हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय आइतबार पनि सञ्चालनमा आएका छन् । स्थानीय भौगोलिक अवस्था, आवासीय विद्यार्थीको व्यवस्था तथा जाडो बिदा व्यवस्थापनका कारण विद्यालयहरूले संघीय सरकारको बिदासम्बन्धी निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नसकेको जनाइएको छ ।
बालबालिका विद्यालय जाँदै, छात्राबासमा ३० इच्छुक
राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।
नेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत डागनी म्योसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदलगायतका क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।
शिक्षकलाई मानसिक स्वास्थ्य तथा मनोविमर्श तालिम
बागलुङ नगरपालिकाको आयोजना र एकीकृत सेवा कार्यालयको सहयोगमा शिक्षकका लागि तीन दिने आधारभूत मानसिक स्वास्थ्य तथा मनोविमर्शसम्बन्धी तालिम आइतबारदेखि सुरु भएको छ ।
ध्रुव देउराली विद्यालयलाई कम्प्युटर सहयोग
समाजसेवी डा. मनोर दिन सैयदले ध्रुव देउराली आधारभूत विद्यालयलाई दुई थान कम्प्युटर सेट सहयोग गर्नुभएको छ । भीरकोट नगरपालिका–२ मा रहेको उक्त विद्यालयलाई अध्ययन–अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर सेट प्रदान गरिएको हो ।
विद्यार्थीको सहजताका लागि धुवाखोलामा श्रमदानबाट काठेपुल निर्माण
पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ स्थित धुवाखोलामा विद्यार्थीलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले काठेपुल निर्माण गरिएको छ। स्थानीय युवा सङ्गठन वाइसिएलको अग्रसरता र सामुदायिक श्रमदानमार्फत उक्त पुल निर्माण गरिएको हो।
व्यास नगरपालिकामा हप्ताको छ दिन नै विद्यालय सञ्चालन हुने
तनहुँको व्यास नगरपालिकाले सङ्घीय सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि आफ्नो क्षेत्रभित्रका विद्यालय आइतबार पनि सञ्चालन गर्न आग्रह गरेको छ ।
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शैक्षिक पात्रो सुधार्न अनियमित रहेका परीक्षा धमाधम सञ्चालन गरिरहेको छ ।
विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द
विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको छ ।
जाजरकोटमा न्यून शुल्कमै प्राविधिक शिक्षा, विद्यार्थी उत्साहित
जाजरकोट बहुप्राविधिक शिक्षालय, भेरी नगरपालिका–५ काफलचौरले यस वर्ष न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने भएपछि विद्यार्थीहरूमा खुसी छाएको छ ।
भीरकोटमा ११ आधारभूत विद्यालय समायोजन
भीरकोट नगरपालिकामा रहेका ११ आधारभूत विद्यालय समायोजन तथा तह घटुवा गरिएको छ । तीमध्ये ९ वटा आधारभूत विद्यालयलाई समायोजन गरी बाल विकास केन्द्र मात्रै कायम गरिएको छ भने २ वटा विद्यालयको तह घटुवा गरिएको छ ।
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र
सप्तरीमा विद्यार्थी भर्ना अभियानअन्तर्गत घरदैलो कार्यक्रम तीव्र पारिएको छ । यही वैशाख १५ गतेदेखि सुरु भएको विद्यालय भर्ना अभियान अन्तर्गत जिल्लाका अधिकांश पालिकाका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरू घरदैलो कार्यक्रममा व्यस्त देखिएको स्थानीयले बताएका छन् ।
रकम संकलन गरी स्कुल बस सञ्चालन
गुल्मीको सत्यवती गाउँपालिकामा एक विद्यालयले रकम संकलन गरी स्कुल बस सञ्चालनमा ल्याएको छ। यस गाउँपालिकाको वडा नम्बर ५ हँसरास्थित सत्यवती माध्यमिक विद्यालयले हालै मात्र स्कुल बस सञ्चालनमा ल्याएको हो।
कंगारु एजुकेशन फाउण्डेशनले मनायो २० औं 'कंगारु डे'
नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औं कंगारु डे मनाएको छ ।
शिक्षा क्षेत्रमा सहयोग बढाउन शिक्षामन्त्री र फिनल्यान्डका राजदूतबीच छलफल
सरकारले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काबीच बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव गरिएको हो ।
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
नयाँ शैक्षिकसत्र सुरू भएसँगै अभिभावकको रोजाइमा परेका केही सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गराउन अभिभावक, शिक्षक-कर्मचारीलाई भ्याइनभ्याइ छ ।
गुर्जामा हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित
म्याग्दीको धवलागिरी गाउँपालिका-१, गुर्जाको जनकल्याण माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ ।
जुम्लामा एलएलबी कार्यक्रम सञ्चालनका लागि पहल
जुम्लामा स्नातक तहको एलएलबी (कानुन) कार्यक्रम सञ्चालन गर्ने पहल तीव्र बनेको छ। पूर्व डिनद्वय प्राध्यापक डा. लक्ष्मणकुमार उपाध्याय र प्राध्यापक डा. विजयसिंह सिँजापतिको टोली जुम्ला पुगेर स्थानीय सरोकारवालासँग छलफल गर्दै कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन गरेको हो।
कुमाख गाउँपालिकाद्वारा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान
सल्यानको कुमाख गाउँपालिकाले सामुदायिक विद्यालयहरूको समायोजन, तह घटुवा तथा शिक्षक दरबन्दी मिलान गरेको छ।
सार्वजनिक सवारीमा पाँच प्रतिशत भाडा वृद्धि
अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर समायोजन भएको छ । पट्रोलियम पदार्थको मूल्यवृद्धिलाई आधार मानेर वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा गरिएको समायोजनमा पाँच प्रतिशतले भाडा वृद्धि भएको छ ।
विद्यार्थी भर्ना बढाउन शिक्षकको घरदैलो अभियान
जिल्लाका सामुदायिक विद्यालयहरूले विद्यार्थी सङ्ख्या बढाउन घरदैलो अभियान सुरु गरेका छन् । मङ्गलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै जाजरकोटका विद्यालयहरूले विद्यार्थी भर्ना दर वृद्धि गर्ने उद्देश्यले घरदैलो अभियान थालेका हुन् ।
हुम्लाका दुई विद्यालयलाई आईसीटी सामग्री सहयोग
दुई वटा माध्यमिक विद्यालयलाई कम्प्युटर ल्याब स्थापनाका लागि आवश्यक आईसीटी सामग्री सहयोग गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर प्रविधिबाट लाभान्वित बनाउन तथा विद्यालयलाई प्रविधिमैत्री वातावरण निर्माण गर्न उक्त सामग्री प्रयोगमा ल्याइएको हो ।
घरदैलो अभियानमार्फत विद्यार्थी भर्ना कार्यक्रम सुरु
नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै बैतडीका विभिन्न सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेका छन् ।