बर्दिवासस्थित देउराली मावि ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै
महोत्तरीको बर्दिवासस्थित देउराली माध्यमिक विद्यालय मधेश प्रदेशमै पहिलोपटक ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै शैक्षिक आधुनिकीकरणको नमुना बनेको छ ।
शैक्षिक गुणस्तर बढाउन महायज्ञ
बागलुङको बडिगाड गाउँपालिका –२ खर्बाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले मंसिर २१ देखि २८ गतेसम्म श्रीमदभागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
राजविराजमा साझा प्रकाशनकाे १५ दिने बृहत् पुस्तक प्रदर्शनी
सप्तरीको राजविराजमा बुधबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ । साहित्यिक संस्था साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर १५ दिने पुस्तक प्रदर्शनीको सुरुवात गरेको हो ।
शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।
शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो ।
विद्यालयलाई कम्प्युटर प्रयोगशाला हस्तान्तण
नेपालका लाग पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ स्थापित कम्प्युटर प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गर्नुभयो ।
विद्यार्थीलाई पोशाक वितरण
अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
खाजा खर्च कटाएर छात्रछात्रालाई छात्रवृत्ति
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयको एसएलसी ब्याच २०६१ समूहले आफ्नो पूर्व विद्यालयमा अध्ययनरत अभिभावकबिहीन, बाढीपहिरोले घरबास गुमाएका, गरीब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई नगद छात्रबृत्ति प्रदान गरेको छ ।
विज्ञान प्रविधि प्रदर्शनी : विजेतालाई नगदसहित ट्रफी र मेडल प्रदान
मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
एसइई नतिजा सुधार गर्न आवासीय कक्षा
दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ ।
नेपालमा विदेशी : नाम विद्यार्थी, धन्दा अर्कै
अध्ययन भिसा (प्रवेशाज्ञा) का नाममा नेपाल आएका विदेशी विद्यार्थी गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ । गैरकानुनी गतिविधिमा संलग्न भएको पाइएपछि अध्यागमन विभागले थुप्रै विदेशीलाई घर फर्काइदिएको छ भने शुल्क असुल्ने नाममा मात्रै विदेशी विद्यार्थीलाई भर्ना नगर्न शैक्षिक संस्थालाई सचेत गराएको छ ।
९३ वैज्ञानिक मोडलसहित विज्ञान–आईटी प्रदर्शनी सुरु
मिड भ्याली माध्यमिक विद्यालय कलेजले दोस्रो अन्तरविद्यालय विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२ को आयोजना गरेको छ ।
विद्युतीय जोखिम न्यूनीकरण गर्न विद्यार्थी सचेतना अभियान
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युतीय जोखिम न्युनीकरण गर्न विद्यार्थी सचेतना अभियान सुरु गरेको छ ।