एसइईको नतिजा सार्वजनिक (प्रत्यक्ष प्रसारण)
राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ सालको नतिजा भर्खरै सार्वजनिक गरेको छ ।
एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा
सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ ।
पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने
सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ ।
एसईई नतिजा मङ्गलबार सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो ।
विद्यालय सुधार योजनालाई व्यवहारमुखी बनाउन आग्रह
जिल्लाको मायादेवी गाउँपालिकाका शिक्षकहरुलाई विद्यालय सुधार योजना (एसआईपी) निर्माणसम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
चङ्खेली गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
चङ्खेली गाउँपालिकाले अबदेखि आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले आइतबार बिदा दिँदा पाठ्यक्रम (कोर्स) पूरा गर्न कठिनाइ हुने भन्दै आगामी आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।
सिंहदेवी माविमा ईश्वर मन्दिरको इ–लर्निङ अभियान
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समयसापेक्ष प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँले इ–लर्निङ कक्षा सञ्चालन अभियानअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेर्खकस्थित सिंहदेवी माध्यमिक विद्यालयलाई कम्प्युटर तथा स्मार्ट टिभीलगायतका सामग्री हस्तान्तरण गरेको छ ।
म्याग्दीमा मगर खाम भाषा प्रशिक्षण तालिम सञ्चालन
मगरहरुको जनसंख्या उल्लेख्य रहेको हिमाली जिल्ला म्याग्दीको एक स्थानीयतहले मगर खाम भाषा पठनपाठन गराउनका लागि प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ ।
विद्यार्थी भर्नामा सकसमा सिद्धेश्वरी आवासीय विद्यालय
जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–९ डप्कस्थित सिद्धेश्वरी अनाथ, विपन्न तथा दलित जनजाति आवासीय विद्यालयलाई नयाँ विद्यार्थी भर्नामा सकस भएको छ ।
देवघाटको पहिचान अब विद्यालयको पाठ्यक्रममा
तनहुँको देवघाट गाउँपालिका ले आफ्नो पालिकाभित्रको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम तयार गरेको छ ।
एसइई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ । कुनै जटिल प्राविधिक समस्या आएन भने ढिलोमा मङ्गलबारसम्ममा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो । एसइई गत चैत २९ गते सकिएको थियो ।
वैदिक शिक्षासहित संस्कारयुक्त अंग्रेजी माध्यमको गुरुकुल स्थापना
प्राचीन हरिद्वारको रूपमा स्थापित पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक केन्द्र चतराधाममा वैदिक शिक्षा र आधुनिक शिक्षाको समन्वय गर्ने उद्देश्यसहित “जगतगुरु श्रीरामानन्दाचार्य गुरुकुल” स्थापना गरिएको छ ।
मेगा कलेजमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने
समकालीन वाणिज्यका मुद्दाहरूसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ ।
विद्यालयबाट नगदसहित क्यामेरा र मोबाइल चोरी
रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ ।
एसइई नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट सार्वजनिक हुने
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत सार्वजनिक हुने जनाएको छ ।
सिकाइ सुधारका लागि लक्ष्मी माविमा अनलाइन अतिरिक्त कक्षा सञ्चालन
धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले पहिलोपटक अनलाइन प्रविधिमार्फत अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको छ ।
उत्कृष्ट १० विद्यार्थीलाई वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ ।
उपकुलपतिका लागि एकीकृत कार्यविधि
सरकारले विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि स्वीकृत गरेको छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को व्यवस्थाबमोजिम आठ वटा विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि सरकारले नयाँ कार्यविधि बनाएर उपकुलपति छनोट प्रक्रिया अगाडि बढाएको हो ।
चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज : शिक्षामन्त्री
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आफूहरूको चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको बताउनुभएको छ ।
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया सुरु
सरकारले मुलुकका आठ वटा विश्वविद्यालयमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि नयाँ र पारदर्शी प्रक्रिया सुरु गरेको छ ।
पढ्दै कमाउँदै मंगला माविका विद्यार्थी
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख २५ गते । मंगला गाउँपालिका–२ बाबियाचौरमा रहेको मंगला माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु पढ्दै कमाउदै गर्न थालेका छन् । विद्यालयमा सञ्चालित प्राविधिक धार तर्फको बालीविज्ञान अध्ययन गर्ने विद्यार्थीले तरकारी उत्पादन गरी बजारमा बिक्री गरेर आम्दानी पनि गर्ने गरेका हुन् । विद्यालयमा प्राविधिक धार कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो मेहनतबाट आम्दानी पनि गर्ने गरेका हुन् । बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षा कोठामा पढ्ने र करेशाबारीमा पुगेर कृषिजन्य उत्पादनका बारेमा अध्ययन र अनुसन्धानसँगै सिजन अनुसारको कृषि उत्पादन गरी स्थानीय बाबियाचौर बजारमा बिक्रीका पनि लागि लैजाने गरेका छन् ।विद्यालयले प्राविधिक धारका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि ५ रोपनी जग्गा भाडामा लिएर तरकारी लगाइएको छ । उक्त जग्गामा उत्पादन भएका तरकारीलाई टिपेर बावियाचौर बजारमा बिक्री गर्ने गरेको प्राविधिक धारका संयोजक शिक्षक करण कँडेलले बताउनुभयो ।उहाँकाअनुसार यस सिजनमा साग र जुकिनी बिक्री गरिएको छ भने गोलभेडा फल्ने क्रममा रहेको छ । विद्यालयमा सिकेको आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले बताउनुभयो ।उहाँक अनुसार विद्यालयबाट अहिले सम्म तीन ब्याचले कक्षा १२ उत्तिर्ण गरेर निस्केका छन् । हाल सम्म ५० जना हाराहारी विद्यार्थीहरुले विद्यालय स्तरको अध्ययन पुरा गरेका छन् भने अहिले कक्षा ९ मा पनि विद्यार्थीको चाप राम्रो रहेको छ ।साविकको शिक्षा विभाग हालको शिक्षा तथा मानव संसाधन विभागबाट ५३७ वटा प्राविधिक धारका विद्यालयहरु रहेको मंगला गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेश कटुवालको भनाई छ । कटुवालकाअनुसार विभागले प्राविधिक शिक्षलाई गरिखाने शिक्षाको रुपमा विकास गरेको हुँदा यो धार तर्फ अध्ययन गर्नु आफु सँग प्रयोगात्मक सिपको विकास गर्नु र परिवारका लागि पनि आम्दानी सहितको दक्ष जनशक्ति उत्पादन गर्ने भएकाले यस तर्फ अभिभावकले ध्यान दिनु पर्ने हुन्छ ।मंगला माध्यमिक विद्यालयले उत्पादन गरेको तरकारी अहिले बावियाचौर बजारमै खपत हुने गरेको छ । विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौ, विद्यार्थीले लगाएको तरकारीको बजार खोज्न समेत सघाउँछौ विद्यालयका प्रअ खत्रीको भनाइ छ । टनेलभित्र तथा खुल्ला स्थानमा टमाटर सहित अन्य तरकारीजन्य उत्पादनको विधि र प्रक्रियाका बारेमा शिक्षकले सिकाउने गरीएको छ ।मंगला माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परमानन्द विश्वकर्माले छोटो समयमा उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रसस्तै आम्दानी गर्न सकिने र प्रयोगात्मक अभ्यासका रुपमा जग्गा भाडामा लिएर शुरु गरेको सुनाउनुभयो ।विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि मंगला माध्यमिक विद्यालयमा उचित छात्रावास तथा पढ्दै कमाउँदै कार्यक्रम अन्तरगत मंगला गाउँपालिका वडा नम्बर २ र विद्यालयको समन्वयमा प्रयाप्त फिल्डमा आफ्नो क्षमता अनुसार कमाउन पनि सकिन्छ ।विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै ब्यवहारिक ज्ञान समेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको कक्षा ११ मा अध्ययनरत सुप्रिया आचार्यको भनाई छ ।मंगला माविले भाडामा लिएको जग्गामा विगतमा च्याउ खेती समेत गरेको थियो । अब विद्यार्थीलाई च्याय खेतीसहित बजारको माग अनुसारका उत्पादनमा समेत प्रोत्साहन गर्ने विद्यालयले जनाएको छ ।विद्यालयले भाडामा लिएर व्यवस्थापन गरेको जग्गामा मौसमी तथा बैमौसमी तरकारी लगायतका कृषि उपज फलाउन बारेमा शिक्षकले करेसाबारीमै लगेर सिकाउँदा विद्यार्थी उत्साहित हुने गरेको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । विद्यालयमा २०७६ सालमा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई सञ्चालित मंगला माविमा हाल ५२ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यार्थी नभएपछि विद्यालय समायोजन
बाँकेको खजुरा गाउँपालिका कार्यालयले २०७५ देखि विद्यालय समायोजनको नीति कार्यान्वयनमा ल्याएको छ । जस अन्तर्गत हालसम्म ३ वटा विद्यालय समायोजन गरिएको छ ।
शिक्षा : नीतिमा सुधार व्यवहारमा समस्या
मुलुकको आर्थिक, प्रशासनिक, सामाजिक क्षेत्रमा सुधारको बहस भइरहँदा कहिल्यै नछुट्ने विषय हो– शिक्षा । जसरी गाँस, बास र कपासलाई नागरिकको नैसर्गिक अधिकार मानिन्छ; सर्वसुलभ गुणस्तरीय शिक्षा पनि हरे
विद्यालयमा दुईदिने बिदा,असर कम गराउन दुई प्रस्ताव
सातामा दुई दिन सार्वजनिक बिदा दिँदा विद्यार्थीको पढाइमा पर्न सक्ने सिकाइ उपलब्धिलाई यथावत् राख्न दुई वटा प्रस्ताव अगाडि सारिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा