भौतिक पूर्वाधार र शैक्षिक सुधारमा फड्को मार्दै जैएस मुरारका क्याम्पस
लहान वडा नम्बर १० स्थित सामुदायिक जेएस मुरारका बहुमुखी क्याम्पस लहान भौतिक पूर्वाधार शैक्षिक सुधारमा पडको मार्न थालेको छ ।
अनुदानमा निर्मित जिरी माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन
दोलखाको जिरी नगरपालिकामा चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गरिएको जिरी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।
प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग
घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।
रामपुर नगरले सञ्चालनमा ल्यायो ज्येष्ठ नागरिक स्कुल
पाल्पाको रामपुर नगरपालिकाले पाकापुस्ताका लागि ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । वडा नं. ५ स्थित रामघाट धाममा ज्येष्ठ नागरिकहरुलाई सम्मानसहितको सक्रिय जीवन जिउन तथा उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका स्कुल सञ्चालनमा ल्याएको हो ।
शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन आह्वान : परेन निवेदन
जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन ।
गुलरियाका पाँच विद्यालय ‘तीन तारा’ घोषणाको तयारी
बर्दियाको गुलरिया नगरपालिका भित्रका पाँच ओटा माध्यमिक विद्यालय तीन तारा घोषणा हुने भएको छन् ।
दुई हजार दुई सय विद्यार्थी दीक्षित हुने
काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त (पहिलो) चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् ।
युवा पुस्ताको नेतृत्वमा बन्ने सरकारले मात्रै परिर्वतन सम्भव : मन्त्री गुप्ता
सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावपछि युवाहरूको नेतृत्वमा बन्ने सरकारबाट मात्रै परिर्वतन समभव हुने बताउनुभएको छ ।
गौर नगरपालिकाको सहयोगमा कर्मकाण्डको अध्यापन सुरु
रौतहटको गौरमा संस्कृत कर्मकाण्डको अध्ययन अध्यापन आजबाट सुरु भएको छ ।
नतिजा सुधार्न साप्ताहिक परीक्षा
शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक बिद्यालयले साप्ताहिक परीक्षाको अभ्यास सुरु गरेका छन् । सामुदायिक बिद्यालयले नियमितसँगै अतिरिक्त कक्षा सञ्चालन गरेर नतिजा सुधार्ने प्रयास गरिएको हो ।
मानो पाथी सङ्कलन गरेर विद्यालयमा आवास सञ्चालन
विद्यालयका प्रधानाध्यापक र अभिभावकहरू अहिले विद्यालय सञ्चालनका लागि गाउँमा मानो पाथी अन्न सङ्कलन गर्दै गरेको भेटिन्छन् ।
दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।
सत्यवती क्याम्पस सञ्चालन गर्न महायज्ञ : सवा करोड सङ्कलन
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ सुरु भएको छ ।
लाइसेन्समा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक्स प्रणाली लागू
सवारी अनुमति पत्र (लाइसेन्स)को परीक्षामा नक्कली परीक्षार्थीहरुको प्रवेश रोक्नका लागि यातायात व्यवस्था कार्यालय सुर्खेतले नयाँ जुक्ति अवलम्बन गरेको छ ।
बुढानीलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल
काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाले धार्मिक एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्दै आएको छ ।
रक्षा यादव बिस वर्षमै प्रधानाध्यापक
दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकाको श्री सरस्वती आधारभूत विद्यालयको प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले शिक्षिका नै ठान्न सकेनन् । नियुक्तिपत्रसहित विद्यालय व्यवस्थापन समितिसँग परिचय भएपछि मात्र सबैले उहाँ विद्या
बर्दिवासस्थित देउराली मावि ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै
महोत्तरीको बर्दिवासस्थित देउराली माध्यमिक विद्यालय मधेश प्रदेशमै पहिलोपटक ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै शैक्षिक आधुनिकीकरणको नमुना बनेको छ ।
शैक्षिक गुणस्तर बढाउन महायज्ञ
बागलुङको बडिगाड गाउँपालिका –२ खर्बाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले मंसिर २१ देखि २८ गतेसम्म श्रीमदभागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
राजविराजमा साझा प्रकाशनकाे १५ दिने बृहत् पुस्तक प्रदर्शनी
सप्तरीको राजविराजमा बुधबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ । साहित्यिक संस्था साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर १५ दिने पुस्तक प्रदर्शनीको सुरुवात गरेको हो ।
शिक्षासम्बन्धी समस्या समाधानका लागि विद्यालय अनुगमन
बाँकेको दुर्गम र पिछिडिएको क्षेत्र मानिने नरैनापुर गाउँपालिकाको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पालिकाभित्रका सबै बिद्यालयको अनुगमन सुरु गरिएको छ ।
शिक्षक खोज्न १९ औँ पटक विज्ञापन
कालीकोटका सामुदायिक विद्यालयमा विषयगत शिक्षकको सधैँ अभाव हुने गरेको छ । सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधैँ अभाव हुने गरेको हो ।
विद्यालयलाई कम्प्युटर प्रयोगशाला हस्तान्तण
नेपालका लाग पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ स्थापित कम्प्युटर प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गर्नुभयो ।
विद्यार्थीलाई पोशाक वितरण
अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा ३२२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।
खाजा खर्च कटाएर छात्रछात्रालाई छात्रवृत्ति
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयको एसएलसी ब्याच २०६१ समूहले आफ्नो पूर्व विद्यालयमा अध्ययनरत अभिभावकबिहीन, बाढीपहिरोले घरबास गुमाएका, गरीब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई नगद छात्रबृत्ति प्रदान गरेको छ ।