काठमाडौँ, भदौ २० गते । नबिल बैङ्काका सिइओ मनोजकुमार ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकास गर्नुपर्ने बताउनुभएको छ ।
उत्कृष्ट नम्बरले भन्दा सिकाइले विद्यार्थीलाई सिर्जनशील बनाउने उहाँको भनाइ छ । चाबहिलस्थित केएल टावरमा सञ्चालनमा रहेको ‘ग्राविटी होम ट्यूसन सोलुसन’को शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
शैक्षिक धारको ‘द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सिइओ ज्ञवालीले ग्रेडका लागि नभई सिकाइका लागि शिक्षा आजको आवश्यकता हुनेमा जोड दिनुभयो ।
ज्ञवालीले नेपालमा सम्भावना छ भन्दा गाली खाने गरी समाज नकारात्मकतातर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमान्दारितापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
ग्राभिटी ग्रुपका सिइओ दीपक चौलागाईले सञ्चालन गर्ने पोडकाष्ट योहो टेलिभिजनमा प्रसारण हुनेछ । पोडकाष्टमा एआई संवाद समेत राख्नेगरी डिजाइन गरिएको छ । योहो टिभी र ग्राभिटी ग्रुपबिच शुक्रबारनै सम्झौता आदानप्रदान भएको छ । म्याक्सहव एआइ स्मार्ट बोर्डले शोको टाइटल स्पोन्सर गरेको छ ।
ग्राभिटी ग्रुपले ‘ग्राभिटी होम ट्यूसन सोलुसन’ सञ्चालन गर्दै आएको छ भने ‘ग्राभिटी मेगा मिडिया’ समेत सञ्चालनमा ल्याएको छ ।